close

एन्ड्रोइडका म्यासेज एप कति सुरक्षित ?

टेकपाना टेकपाना

फागुन २१, २०७७ ११:५०

एन्ड्रोइडका म्यासेज एप कति सुरक्षित ?

काठमाडौं । विश्वभरका एन्ड्रोइड प्रयोगकर्तालाई प्रभावित पार्ने एउटा गम्भीर कुरा तपाईं हाम्रै मोबाइलमा छ । यसले हाम्रो गोप्य जानकारी र हामीलाई जोखिमपूर्ण स्थितिमा ल्याएर उभ्याइदिएको छ । यद्यपि हामीहरु यसलाई वास्ता गरिरहेका छैनौं ।

यसै हप्ता एन्ड्रोइड म्यासेज प्रयोगकर्ताका लागि एउटा ठूलै खबर बाहिर आयो । प्रयोगकर्ताले कुनै पनि म्यासेज केही समयपछि स्वतः कसैलाई पठाउन सेड्युल मिलाउन सक्ने गुगलले बताएको छ ।

गुगलले प्रयोगकर्ताको सञ्चार अनुभवलाई निरन्तर सुधार गर्दै लग्ने बताएको छ । गुगलका अनुसार अहिले विश्वभरका आधा अर्ब मानिसले एन्ड्रोइड म्यासेज प्रयोग गर्छन् ।

तर यो कत्तिको सुरक्षित छ त ?

२०२१ सुरुवातदेखि नै गोपनीयता र सुरक्षाका विषयाले मिडियामा स्थान पाइरहेकाे छ । जसको प्रत्यक्ष उदाहरण त ह्वाट्सएप मामिला नै हाे । एप्पलले आईम्यासेजलाई थप सुरक्षित बनाइरहँदा एन्ड्रोइड भने प्रयोगकर्ताको सुरक्षालाई लिएर अझै बढी लापरबाही बन्दै गइरहेको छ ।

एन्ड्रोइड म्यासेज, सामसङ म्यासेज तथा अन्य उनीहरुकै समकक्षी एसएमएस क्लाइन्टहरु अहिले रिच कम्युनिकेसन सर्भिस अर्थात् आरसीएसमा अद्यावधिक भएका छन् । विशेषगरी यो २१औं शताब्दीको एसएमएस प्रणाली हो ।

तर एसएमएस प्रणाली डेटा सुरक्षाको मामिलामा कति कमजोर छ भन्ने कुरा त हामीलाई थाहा नै छ । एन्ड्रोइडले अद्यावधिक गरेको आरसीएस पनि एसएमएसभन्दा भन्दा धेरै सुरक्षित छैन ।

जब गुगलले २०१९ मा आरसीएस रोलआउट गरेको थियो, तब जर्मनीको एसआर ल्याबले सुरक्षा पाटोलाई ध्यान नदिई एसएमएसलाई आरसीएसमा मात्र अद्यावधिक गर्दा अधिकांश मोबाइल प्रयोगकर्तालाई ह्याकिङको जोखिममा पुर्‍याउने निश्कर्ष निकालेकाे थियाे ।

आरसीएस व्यवस्था धेरै नेटवर्कमा खराब तरिकाले बसेको हुन्छ । जसले युजर अकाउन्टमाथि ह्याकरहरुलाई पूर्णरुपमा टेकओभर गर्ने बाटो खोलिदिन्छ । गुगल म्यासेजले अर्कोतिर पर्याप्त डोमेन र सर्टिफिकेट भ्यालिडेसनलाई कार्यान्वयन गर्दैन ।

यस्तोमा ह्याकरहरुले डीएनएस स्पुफिङ अट्याकबाट सञ्चार प्रक्रियालाई अवरोध तथा म्यानिपुलेट गर्न सक्छन् ।

सम्भवत: तपाईंको एन्ड्रोइड म्यासेज पनि आरसीएस च्याटमा अपडेट भइसकेको होला । वा अब उप्रान्त तपाईंले कुनै पनि गुगलको म्यासेजिङ एप प्रयोग गर्नुहुन्छ भने त्यो आरसीएसमा अद्यावधिक भइसकेको छ भनेर बुझ्नुहोस् ।

फाेर्ब्स डटकमबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१