close

दुई हजार रुपैयाँले घट्यो रियलमी सिक्स आईको मूल्य

टेकपाना टेकपाना

फागुन २१, २०७७ २०:१८

दुई हजार रुपैयाँले घट्यो रियलमी सिक्स आईको मूल्य

काठमाडौं । रियलमीको ‘मिड–रेन्जर’ स्मार्टफोन रियलमी सिक्स आईको मूल्य घटेको छ । ‘मिडियाटेक हेलियो जी८०’ प्रोसेसर रहेको यो फोनमा अनलाइन गेम रुचाउने प्रयोगकर्तामाझ लोकप्रिय छ ।

६.५ इन्च एचडी प्लस ड्रप स्क्रिन डिस्प्लेका साथ यो फोन बजारमा उपलब्ध छ । ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज रहेको रियलमी सिक्स आई अब २३ हजार ९९० मा खरिद गर्न सकिने भएको हो ।

यसअघि यो फोनको मूल्य २५ हजार ९ सय ९० रहेको थियो । यसमा अक्टाकोरको सीपीयू राखिएको छ ।

मिल–जी ५२ जीपीयुका कारण सामान्य स्मार्टफोनको तुलनामा यसले फोनको पर्फमेन्स २५ प्रतिशतसम्म वृद्धि गर्ने कम्पनीको दाबी छ । फोनमा ४८ एमपी क्यामेरा राखिएको छ ।

जसमा ११९ डिग्रीको ८ एमपी अल्ट्रावाइड लेन्स, २ एमपी प्रोट्रेट र २ एमपी माइक्रो लेन्स गरी जम्मा चार वटा क्यामेरा राखिएका छन् । पाँच हजार एमएएच क्षमताको ब्याट्री रहेको फोनमा १८ वाट फास्ट चार्जिङ सपोर्ट दिइएको छ ।

कम्पनीका अनुसार रियलमी आई सिक्सको दोस्रो संस्करणको फोन चाँडै बजारमा ल्याउने तयारी भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१