close

स्वचालित ड्राइभिङ स्टार्टअप क्यू क्राफ्टमा टिकटकको लगानी

टेकपाना टेकपाना

फागुन २३, २०७७ ८:४७

स्वचालित ड्राइभिङ स्टार्टअप क्यू क्राफ्टमा टिकटकको लगानी

काठमाडौं । चिनियाँ सोसल मिडिया कम्पनी बाइटड्यान्सले स्थानीय स्वचालित ड्राइभिङ स्टार्टअप कम्पनी क्यूक्राफ्ट कर्पोरेसनमा लगानी गरेको छ । क्यूक्राफ्ट र बाइटड्यान्सको नयाँ सम्झौताबारे जानकार व्यक्तिहरुले खुलासा गरेका हुन् । 

टिकटकको स्वामित्वकर्ता बााइटड्यान्स कम्पनीले क्यूक्राफ्टको पछिल्लो फण्डरेजिङ राउण्डमा कम्तिमा साढे दुई करोड डलर लगानी गरेको हो । कम्पनीहरुबीच गोप्य समझदारी भएको भन्दै स्रोतले आफ्नो पहिचान गोप्य राखेका छन् । 

क्यूक्राफ्ट कम्पनी हाल आफ्नो प्रविधि चीनको मिनिबसहरुमाथि  परीक्षण गरिरहेको छ । नयाँ सम्झौताबारे बाइटड्यान्स र क्यूक्राफ्ट दुवै कम्पनीले कुनै प्रतिक्रिया दिएका छैनन् । 

दुई कम्पनीबीचको सम्झौताले चीनको यातायात उद्योगमा स्वचालित ड्राइभिङ तथा स्मार्ट मोबिलिटी सोलुसन प्रदान गर्ने अपेक्षा गरिएको छ । 

एजेन्सी ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१