close

गुगल म्यापमा साथीको लोकेसन थाहा पाउन यसरी पठाउनुहोस् रिक्वेस्ट

टेकपाना टेकपाना

फागुन २३, २०७७ ११:४५

गुगल म्यापमा साथीको लोकेसन थाहा पाउन यसरी पठाउनुहोस् रिक्वेस्ट

काठमाडौं । गुगल म्यापको प्रयोग हामीले धेरै गरेको हुनुपर्छ । कुनै ठाउँमा जानुपर्ने छ, तर जाने बाटोको विषयमा जानकारी छैन भने गुगल म्यापलाई पछ्याउँदै हामी गन्तव्यमा पुग्ने गरेका छौं । तर, म्यापमा उपलब्ध कतिपय फिचर भने हामीले प्रयोग गरेका हुँदैनाैं ।o

यस्ता फिचरको बारेमा त हामी अनविज्ञ हुन सक्छौं । यहाँ हामी त्यस्तै एउटा फिचरको विषयमा चर्चा गर्दैछौं । जसको मद्दतले तपाईं आफ्नो साथीलाई पछ्याउन सक्नुहुनेछ । यसको अर्थ तपाईंले आफ्नो साथी हिँडिरहेको बाटो पछ्याउँदै गन्तव्यमा पुग्न सक्नुहुनेछ ।

यो फिचर हामीमध्ये कतिपयले प्रयोग गरिसकेको हुनसक्छ । तर, पनि यहाँ हामी तपाईंहरुलाई यस फिचरको प्रयोग गर्ने प्रक्रियागत जानकारी उपलब्ध गराउँदै छौं ।

लोकेशन शेयरिङका लागि रिक्वेस्ट पठाउनुहोस्

तपाईं र तपाईंको साथीबीच गुगल म्याप शेयर गर्नका लागि तपाईंहरु दुवैजनासँग मोबाइलमा गुगल म्याप एप हुन आवश्यक छ । जुन तपाईंले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरमार्फत डाउनलोड गर्न सक्नुहुनेछ ।

त्यसरी एप डाउनलोड गरी प्रयोग गर्दा तपाईंले तपाईंको लोकेशन र कन्ट्याक्टको एक्सेस भने गुगललाई उपलब्ध गराउनुपर्ने हुन्छ । त्यति गरेसँग अब गुगल लोकेशन शेयरका लागि रिक्वेस्ट गर्न सुरुमा तपाईंको मोबाइलमा रहेको गुगल म्याप खोल्नुहोस् ।

म्याप खोल्दा दायाँ साइडको माथि तपाईंको प्रोफाइल फोटा देख्नुहुनेछ । उक्त फोटोमा क्लिक गर्नुहोस् । फोटोमा क्लिक गर्दा त्यहाँ विभिन्न अप्सन आउँछ । त्यसमध्ये ‘लोकेशन शेयरिङ’ मा क्लिक गर्नुहोस् ।

Tap Menu and select Location Sharing

यदि तपाईंले यसअघि कहिले पनि लोकेसन शेयर गर्नुभएको छैन भने सुरुमा आफ्नो लोकेशन अरुलाई शेयर गर्नुपर्ने हुन्छ । त्यसका लागि सुरुमा त्यहाँ रहेको ‘न्यु शेयर’ बटनमा क्लिक गर्नुहोस् ।

Tap New Share in Google Maps

अब त्यहाँ तपाईंले आफ्नो लोकेसन कति सयमको लागि शेयर गर्ने हो त्यो मिलाउन सक्नुहुनेछ ।

Pick a timeframe to share your location

अब कसलाई रिक्वेस्ट पठाउने हो, उसको कन्ट्याक्ट ईमेल छनोट गर्नुहोस् र अन्त्यमा रहेको शेयर बटनमा क्लिक गर्नुहोस् ।

Pick a contact and tap Share

जब तपाईंले आफ्नो लोकेशन शेयर गर्नुहुन्छ, त्यसपछि तपाईंले उक्त व्यक्तिलाई उसको लोकेशनको लागि रिक्वेस्ट गर्न सक्नुहुनेछ ।

Tap to Request a contact's location

रिक्वेस्टमा क्लिक गरेसँगै अब त्यहाँ एउटा प्रम्ट बक्स स्क्रिनमा आउने छ । उक्त स्क्रिनमा तपाईंले के तपाईं तपाईंको इमेल शेयर गर्न चाहनुहुन्छ भनेर सोध्ने छ ।

तपाईंले आफ्नो इमेल शेयर नगरी लोकेशन सेयर नहुने हुँदा तपाईंले उक्त बक्सको अन्त्यमा रहेको ‘रिक्वेस्ट’ मा क्लिक गर्नुहास् ।

Tap Request to confirm

यति गरेसँगै तपाईंको साथीले तपाईंले लोकेशन शेयरका लागि गर्नुभएको आग्रहको नोटिफिकेशन प्राप्त गर्नेछ ।

Location request notification in Google Maps

उक्त नोटिफिकेशनमै क्लिक गरेर उक्त साथीले तपाईंलाई उसको लोकशन शेयर गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१