close

तीव्र गतिमा आफ्नो नेटवर्क विस्तार गर्दै क्लासिक टेक

टेकपाना टेकपाना

फागुन २३, २०७७ १८:४

तीव्र गतिमा आफ्नो नेटवर्क विस्तार गर्दै क्लासिक टेक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०१ औं आउटलेट सुदुरपश्चिम प्रदेशको प्रमुख बजार नेपालगञ्जमा स्थापना गरेको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशका आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहजरुपमा सेवा उपलब्ध गराउने उद्देश्यले आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।

क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनयकुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा नेपालगञ्ज आउटलेट उद्घाटन गरेका थिए । आउटलेटमा बिल्लिङ, कस्टमर सपोर्ट, फाइबर स्टाफ र मार्केटिङ गरेर ४५ जना स्टाफ राखिएको छ।

नेपालगञ्जको पुष्पलाल चोकबाट ३०० मिटर उत्तरमा सञ्चालनमा ल्याएको नयाँ आउटलेटबाट कम्पनीले नेपालगञ्जका हरेक साना गाउँहरुमा आफ्नो सेवा विस्तार गर्ने योजना लिएको छ ।

यसअघिदेखि नै नेपालगञ्ज क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुलाई इन्ट्रानेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरुलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ । घरायसी प्रयोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीहरुका लागि समेत सो सेवा उपलब्ध हुनेछ ।

कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर नेपालगञ्जजको लागि पनि उपलब्ध गराएको छ र अब यो सेवा स्थानीयबासीले समेत लिनसक्ने भएका छन् । आउटलेट उद्घाटन गर्दै प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनयकुमार अधिकारीले नयाँ शाखा सञ्चालनमा आएसँगै नेपालगञ्जका ग्राहकहरुलाई छिटो छरितो सेवा उपलब्ध गराउने बताए ।

‘अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा हामी तीव्र गतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिनेछौं,’ प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनयकुमार अधिकारीले भने ।

कम्पनीले धमाकेदार अफरअन्तर्गत २० एमबीपीएस स्पीडको इन्टरनेट केबल ७९९ प्रतिमहिनामा उपलब्ध गराउँदै आएको छ, जसका साथमा १५० टिभी च्यानलहरु र युट्युवसमेत हेर्न सकिने सुविधा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१