close

अगाडि पछाडि दुवैतिर स्क्रिन भएको फोन ल्याउँदै ह्वावे

टेकपाना टेकपाना

फागुन २४, २०७७ ८:५१

अगाडि पछाडि दुवैतिर स्क्रिन भएको फोन ल्याउँदै ह्वावे

काठमाडौं । स्मार्टफोनको विश्वमा समयसँगै निकै तीव्र गतिमा आविष्कार भइरहेको छ र कयौं कम्पनीहरु नयाँ नयाँ प्रविधिका साथ आफ्नो फ्ल्यागशिप स्मार्टफोन बजारमा ल्याइरहेका छन् । तपाईंले १०८ मेगापिक्सेल क्यामेराका साथै फोल्डेबल फोन त देखिसक्नु भएको छ ।

तर अब चीनको प्रमुख प्रविधि कम्पनी ह्वावेले चाँडै नै डुअल स्क्रिन भएको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । जसको अगाडिसँगै पछाडि भागमा समेत क्यामेरा सेटअपका साथ अर्को डिस्प्ले देख्न सकिनेछ ।

ह्वावेले हालै मात्र यस्तो डुअल स्क्रिन मोबाइलका लागि पेटेन्ड दर्ता गराएको छ । यसका साथै ह्वावेको आकर्षक स्मार्टफोनको तस्वीर समेत देखा परेको छ । ह्वावेले आफ्नो अपकमिङ डुअल स्क्रिन स्मार्टफोनका लागि जुन तस्वीर पेटेन्ट गरेको छ, त्यसको सहयोगमा होइन्डी डिजाइनरले हाई क्वालिटी थ्रीडी इमेज बनाएका छन् ।

जसमा ह्वावेको यो नेक्स्ट जेनेरेसन मोबाइलको बाँकी विशेषता समेत देख्न सकिन्छ । पेटेन्ट तस्वीरका अनुसार ह्वावेको डुअल स्क्रिन फोनमा क्वावड रियर क्यामेराका साथै डुअल सेल्फी क्यामेरा समेत हुनेछ ।

यसको माथि सिरानी तथा तल पुछारमा साना बेजल्सका साथै साइडमा कर्भ्ड स्क्रिन देख्न सकिन्छ । यसका साथै यसको सेकेन्डरी स्क्रिन अझ विशेष छ ।

स्रोतः होइन्डी

जुन पछाडि भागमा क्यामेरा सेटअपको साइडमा छ । ह्वावेको डुअल स्क्रिन फोनको पछाडि भागमा रहने डिस्प्ले प्यानलमा मिति, समय, मौसम पूर्वानुमान, नोटिफिकेसन, ब्याट्री, पावर र भ्यू फाइन्डर जस्ता जानकारी देख्न सकिनेछ ।

आगामी दिनमा ह्वावेले यो डुअल स्क्रिन स्मार्टफोनको बारेमा औपचारिक घोषणा गर्ने जानकारी समेत छ । यसका साथै ह्वावेले आउँदो महिना ह्वावे पी फिफ्टी सिरिजका फ्ल्यागशिप स्मार्टफोन समेत सार्वजनिक गर्नेछ ।

जसको विशेषता निकै खास हुनेछ । यो सिरिजमा ह्वावे पी फिफ्टी, ह्वावे पी फिफ्टी प्रो र ह्वावे पी फिफ्टी प्रो प्लस रहेका छन् । कम्पनीको दाबी अनुसार हाल विश्वभर ५३ करोड मानिसहरुको साथमा ह्वावेको स्मार्टफोन रहेको छ ।

चाइनिज ग्याेजट रिभ्यूबाट।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१