close

चिनियाँ बजारमै पछि पर्‍यो ह्वावे, धेरै बिक्री हुनेमा ओप्पो पहिलो

टेकपाना टेकपाना

फागुन २४, २०७७ १२:४४

चिनियाँ बजारमै पछि पर्‍यो ह्वावे, धेरै बिक्री हुनेमा ओप्पो पहिलो

काठमाडौं । चिनियाँ स्मार्टफोन बजारमा ओप्पो पहिलो पटक धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ । अनुसन्धानकर्ता काउन्टरप्वाइन्टको प्रतिवेदन अनुसार ओप्पोले पहिलो पटक ह्वावेलाई पछि पारेको हो ।

उक्त प्रतिवेदन अनुसार विश्वकै सबैभन्दा ठूलो बजारको रुपमा रहेको चीनमा ओप्पो २१ प्रतिशत बजार ओगट्न सफल भएको छ । जुन चिनियाँ ब्राण्ड भिभो र ह्वावे भन्दा बढी हो ।

चिनियाँ बजारमा ह्वावे र भिभो दुवैको बजार हिस्सा समान २० प्रतिशत रहेको छ । त्यस्तै एप्पल र साओमी पनि उक्त सूचीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् ।

उनीहरुको हिस्सा १६ प्रतिशत रहेको छ । उक्त प्रतिवेदन अनुसार ओप्पो स्मार्टफोनको बिक्री अघिल्लो बर्षको तुलनामा २६ प्रतिशतले बढेको छ ।

उनीहरुको बिक्री अघिल्लो महिनाको तुलनामा ३३ प्रशितले बढेको छ । ओप्पोको केही समय अघिमात्रै सार्वजनिक रेनो ५ सिरिजका स्मार्टफोन चिनियाँ बजारमा सफल देखिएको छ ।

यसरी ओप्पोले बजार लिँदै जानु अन्य स्मार्टफोन कम्पनीले भने बजार गुमाउँदै जानु हो । विश्व बजारमा जस्तै ह्वावे चिनियाँ बजारमा पनि पछि पर्दै गएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१