close

४८ एमपी क्यामेरा र शक्तिशाली ब्याट्री भएको सामसङ ए १२ नेपालमा, कति छ मूल्य ?

टेकपाना टेकपाना

फागुन २४, २०७७ १९:५

४८ एमपी क्यामेरा र शक्तिशाली ब्याट्री भएको सामसङ ए १२ नेपालमा, कति छ मूल्य ?

सामसङले हालै आफ्नो ए सिरिज अन्तर्गत ग्यालेक्सी ए १२ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ट्रु ४८ मेगापिक्सेल क्वाड क्यामेरा सेटअप सहितको यो नयाँ स्मार्टफोन बजारमा ल्याएको हो ।

मोबाइलमा ६.५ इञ्चको एचडी इन्फिनिटी भी डिस्प्ले, ५,००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री लगायतका विशेषता रहेका छन् । “हामी सामसङमा निरन्तर नयाँ आविष्कारहरु र मूल्य बीचको अन्तरलाई कम गर्न लागिरहेका छौं ।

यसै कुरालाई मध्यनजर गर्दै सुलभ मूल्यमा नेपाली ग्राहकहरुलाई स्मार्टफोनमार्फत दैनिक जीवनयापनलाई अझै सहज बनाउन चाहन्छौं, सामसङ नेपालका मोबाइल विजनेस प्रमुख प्रणयरत्न स्थापितले भने ।

फोटोग्राफीमा जीवन्त अनुभव प्रदान गर्न ग्यालेक्सी ए ट्वेल्भमा ट्रु ४८ मेगापिक्सेलको मेन क्यामेरा सहित पछाडि भागमा ४ वटा क्यामेरा दिइएका छन् । जसमा ५ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा रहेको छ भने बाँकी दुई वटा क्यामेरा समान २ मेगापिक्सेलका म्याक्रो र डेप्थ सेन्सर रहेका छन् ।

यसमा सेल्फीका लागि ८ मेगापिक्सलको फ्रन्ट क्यामराले रहेको छ । नयाँ ग्यालेक्सी ए ट्वेल्भमा २०ः९ को एस्पेक्ट रेसियोे रहेको छ ।

यसमा १५ वाटको फास्ट चार्जिङ्गको साथ ५००० एमएएच ब्याट्री दिइएको छ । यो मोबाइलको अर्को प्रमुख विशेषता भनेको यसको आकर्षक डिजाइन हो ।

जुन हातमा लिन सजिलो तथा क्लासिक म्याट फिनिसिङमा रहेको छ । यसको म्याट फिनिसिङले फोनको लुक तथा फिललाई क्लासिक बनाउनुको साथै आकर्षक बनाएको छ ।

यसका साथै ग्यालेक्सी ए ट्वेल्भमासाइड फिङ्गर प्रिन्ट सेन्सर, एन्ड्रोइड १० अपरेटिङ सिस्टम, वान यूआई कोर २.५ तथा मिडियाटेक हेलियो पी ३५ प्रोसेसर लगायतका विभिन्न विशेषताहरु रहेका छन् ।

कालो, नीलो तथा रातो गरी तीन कलर अप्सनमा बजारमा आएको यो फोनको ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेजको मूल्य १८,९९९ रुपैयाँ रहेको छ ।

त्यस्तै ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १९,९९९ तोकिएको छ । यो फोन नेपालभर रहेका सामसङका आधिकारिक ब्राण्ड शप तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१