close

१० मिनेटमै ब्याट्री फुल चार्ज हुने प्रविधि ल्याउँदै साओमी

टेकपाना टेकपाना

फागुन २५, २०७७ १२:१

१० मिनेटमै ब्याट्री फुल चार्ज हुने प्रविधि ल्याउँदै साओमी


कम्पनी । चिनियाँ ब्राण्ड साओमीले १० मिनेटमै ब्याट्री फुल चार्ज हुने प्रविधि सार्वजनिक गर्ने तयारी गरेकाे छ । कम्पनीले वायर्ड, वायरलेस र रिभर्स वायरलेस चार्जिङ सपाेर्टका साथ नयाँ प्रविधि ल्याउन लागेकाे हाे ।

टिपस्टर डिजिटल च्याट स्टेशनका अनुसार याे प्रविधि यही वर्ष (२०२१) काे मध्यतिर सार्वजनिक हुने छ । त्याे समयमा कम्पनीकाे अपकमिङ फ्ल्यागशिप फाेन एमआई ११ अल्ट्रा सार्वजनिक हुने चर्चा छ ।

यसअघि कम्पनीले यसैगरी १८५ वाट फास्ट चार्जिङ पेश गरिसकेको छ । जसमा वायर्ड १२० वाट तथा वायरलेस चार्जिङ ५५ वाट तथा रिभर्स चार्जिङ १० वाट मिलाएर १८५ वाटको संयोजन गरिएको छ ।

रोचक कुरा के छ भने कम्पनीले २०० वाट फास्ट चार्जिङमाथि यस्तो बेला गरिरहेको छ कि जब अन्य कम्पनीहरु फोनको बक्सबाट चार्जर हटाइरहेका छन् । साओमीले समेत हालै ल्याएको मि इलाभेनमा चार्जर दिएको छैन ।

यद्यपी ग्राहकले पछि गएर ग्राहकलाई बिना मूल्य चार्जर छनौट गर्ने मौका दिइएको थियो । यस बाहेक कम्पनीले इन्टरनल फोल्डिङ फोनमा समेत काम गरिरहेको छ ।

साओमीको तर्फबाट यी विषयमा आधिकारिक सूचना भने दिइएको छैन । यस अघि कम्पनीले एयर चार्जर प्रविधि पेश गरिसकेको छ । जसबाट हावामै डिभाइसलाई चार्ज गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१