close

आईटी र व्यवस्थापनको मिश्रित कोर्ष ‘बीआईएम’, कहाँ र किन पढ्ने ?

टेकपाना टेकपाना

फागुन २५, २०७७ १९:५९

आईटी र व्यवस्थापनको मिश्रित कोर्ष ‘बीआईएम’, कहाँ र किन पढ्ने ?

काठमाडौं । विश्वविद्यालयको ढोका उघार्न तम्तयार विद्यार्थीमाझ अनेकन् विकल्प छन् । स्नातकमा पढेको विषय नै आफ्नो भविष्य निर्माणको महत्वपूर्ण आधार हुने भएकाले विद्यार्थी आफलेू कुन शैक्षिक कार्यक्रम पढ्ने, कहाँ पढ्ने, पढ्न कति शुल्क लाग्छ, पढेपछि कस्ता अवसर पाइन्छ लगायतका विषयमा जानकार हुन आवश्यक छ ।

यदि सूचना प्रविधि (आईटी) विषयमा रुचि राख्नुहुन्छ भने यसमा पनि धेरै विकल्प तपाईंसामु छन् । नेपालमा विभिन्न विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । देशभर ३ सय हारहारीका कलेजहरुमा स्वदेशी र विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी यस्ता आईटी कार्यक्रमको अध्ययन अध्यापन भइरहेको छ ।

यसैबीच आज हामी त्रिभुवन विश्वविद्यालयले सञ्चालनमा ल्याएको बीआईएम (ब्याचलर इन इन्फर्मेशन म्यानेजमेन्ट) कार्यक्रम के हाे, अरू कार्यक्रमभन्दा कसरी फरक छ, कस्ता विद्यार्थीले पढ्न पाउँछन्, काेर्ष कस्ताे छ, शुल्क, पढेपछि कस्ता अवसर छन् र कुन कुन कलेज छन् भन्ने विषयमा जानकारी दिँदै छाैं ।

के हो बीआईएम ?

२० वर्षअघि त्रिभुवन विश्वविद्यालयले बीआईएम कार्यक्रम सञ्चालनमा ल्याएको हो । यो कार्यक्रम त्रिविको व्यवस्थापन संकायअन्तर्गत राखिएको छ । पहिलो पटक काठमाडौंको कान्तिुपर कलेज अफ म्यानेज्मेन्ट एण्ड इन्फर्मेशन टेक्नोलोजीले सम्बन्धन लिएर अध्यापन गराएकोमा हाल यो कार्यक्रम पढाउने कलेजको संख्या ३६ पुगेको छ ।

बीआईएम कोर्षमा ६० प्रतिशत कम्प्युटर विज्ञान र ४० प्रतिशत व्यवस्थापन तथा अन्य विषय समावेश गरिएकाे छ । ४ वर्ष अर्थात् ८ सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालित यस काेर्षमा बिजनेश एडमिनिस्ट्रेशन, इकोनोमिक्स, कम्प्युटर साइन्स लगायतका विषय पढ्नुपर्छ । कम्प्युटर साइन्स अन्तर्गत इन्फर्मेशन सिस्टमसँग सम्बन्धित थ्याेरीहरू, आइडिया, मेथोड, मोडल लगायतका विषय यसमा समावेश छन् ।

अहिले अरेक क्षेत्र र संघसंस्थाका लागि इन्फर्मेशन म्यानेजमेन्ट एक महत्वपूर्ण र संवेदनशील काम हो । तर पयार्प्त जनशक्तिकाे अभावमा याे क्षेत्रमा गुणस्तरीय काम हुन सकिरहेकाे छैन । यसकारण विद्यार्थीलाई अब्जेक्ट-ओरियन्टेड सफ्टवेयर डिजाइन, मेथोड र डेटा म्यानेजमेन्ट सिस्टमबारे याे शैक्षिक कार्यक्रमले विस्तृत ज्ञान प्रदान गर्ने किस्ट कलेजका बीआईएम कार्यक्रम संयाेजक सूर्य बहादुर बस्नेत बताउँछन् ।

मूलतः सूचना प्रविधि र व्यवस्थापकीय सीपहरुलाई समायोजन गरेर बनाइएकाे शैक्षिक कार्यक्रम भएका कारण बीआईएमलाई विद्यार्थीले रूचाएकाे विश्लेषण उनकाे छ ।

अरूभन्दा कसरी फरक छ ?

विद्यार्थीका लागि अन्य आईटी कार्यक्रम पनि उपलब्ध छन् । तर बीआईएम एक पृथक वा स्पेसिफाइड कोर्ष हो । आईटीका अन्य कार्यक्रमभन्दा फरक भनेकै यो आईटी र व्यवस्थापनको संयोजन गरिएको शैक्षिक कार्यक्रम हो ।

यसकारण मिश्रित प्रकृतिको यो शैक्षिक कार्यक्रम अध्ययन गर्ने विद्यार्थीले आईटी र व्यवस्थापन दुवैको ज्ञान हासिल गर्न सक्छन् । हार्डवेयर, सफ्टवेयरका आधारभूतदेखि वृहत् ज्ञान हासिल गर्दै यसको प्रयोग र व्यवस्थापन गर्न यो शैक्षिक कार्यक्रमले सहयोग गर्दछ ।

यसर्थ व्यवासयिक संगठनका लागि आईटी र म्यानेजमेन्ट पढेका फरक-फरक जनशक्ति राख्नुभन्दा बीआईएम पढेको एउटै जनशक्ति राख्दा पर्याप्त हुन्छ । यसकारण संगठनलाई आर्थिक भार पनि हुँदैन ।

कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?

उच्च मावि (कक्षा ११ र १२) मा जीपीए २.६ वा डी प्लस ल्याएका विद्यार्थीले यो विषय पढ्न पाउँछन् । यो विषय पढ्न त्रिवि व्यवस्थापन संकायले लिने सीम्याटको प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्छ ।

कस्ताे छ काेर्ष

यसमा फाउन्डेशन कोर्ष २४ क्रेडिट आवर, बिजनेश कोर्ष ३० क्रेडिट आवर, आईटी एण्ड कम्प्युटर कोर्ष ६० क्रेडिट आवर, इलेक्टिभ कोर्ष ६ क्रेडिट आवर र इन्टर्नशिप प्रोजेक्ट ६ क्रेडिट आवर गरी कुल १२६ क्रेडिट आवर रहेको छ ।

पहिलाे सेमेस्टर

BIM-1st-Semester-Syllabus

दास्राे सेमेस्टर

BIM-2nd-Semester-Syllabus

तेस्राे सेमेस्टर

BIM-3rd-Sem-Syllabus-2014

चाैथाे सेमेस्टर

BIM-4th-Sem-Syllabus-2015

पाँचाैं सेमेस्टर

BIM-5th-Sem-Syllabus-2015

छैटाैं सेमेस्टर

BIM-6th-Sem-Syllabus-2016

साताैं सेमेस्टर

BIM-7th-Sem-Syllabus-2016

आठौं सेमेस्टर

BIM-8th-Sem-Syllabus-2017

छात्रवृत्तिकाे अवसर

यो शैक्षिक कार्यक्रमका कलेजहरुले पनि आफूअनूकुल छात्रवृत्तिको सुविधा दिन सक्छन् । यसका अतिरिक्त त्रिभुवन विश्वविद्यालयकाे नीति अनुसार पनि कलेजले छात्रवृत्ति उपलब्ध गराउनुपर्छ ।

यसअन्तर्गत प्रति सेक्सन २ (दुई) जना विद्यार्थीहरुलाई क्याम्पस/कलेजले उठाउने कुल शुल्कबाट ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ ।

छात्रवृत्तिका लागि विद्यार्थीले सामुदायिक माविबाट एसईबीआईएम र सामुदायिक उच्च माविबाट दश जोड दुई परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने छ ।

हाल काठमाडाैं उपत्यकाका कलेजहरूमा विद्यार्थी काेटा ६६ रहेकाेमा ६ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्छ । नयाँ सम्बन्धन प्राप्त गरेका कलेजका लागि भने विद्यार्थी काेटा ३५ रहेकाे छ ।

शुल्क कति लाग्छ

यो ४ वर्षे कोर्स पढ्न कम्तिमा ५ लाख खर्च लाग्छ। तर क्याम्पसले दिने सेवा सुविधाका आधारमा केही फरक हुन सक्छ। कतिपयले साढे ६ लाखसम्म शुल्क लिने गरेका छन् । कलेजले दिने सेवा सुविधा अनुसार कलेजले शुल्क निर्धारण गरेको पाइन्छ ।

कस्तो कलेज छान्ने ?

कलेजकाे पूर्वाधार र सुविधा थाहा पाउनुहाेस्
आफू भर्ना हुन खोजेको कलेजको आन्तरिक अवस्था बुझ्नुहोस् । आफ्नो आईटी करियर सफल हुन कलेजको वातावरणले महत्वपूर्ण भूमिका खेल्दछ ।

कलेजको संरचना, यातायात सुविधा, छात्रवृत्तिको सुविधा, गुणस्तरीय अध्ययनका लागि आवश्यक ल्याब, लाइब्रेरीलगायतका स्रोतको राम्रो व्यवस्था भए नभएकोबारे ध्यान दिनुहाेस् । साथै यसअघि कलेजले ल्याएकाे नतिजा पनि जाँच्नुहाेस् ।

इन्टर्नशिप, प्रोफेसनल ट्रेनिङ र जब प्लेसमेन्टकाे सुविधा
बीआईंएम कोर्ष सैद्धान्तिक र प्रयोगात्मक दुवै हिसाबले पढ्नुपर्ने कोर्ष हो । यसर्थ कलेजले पढाइसँगै इन्टर्नसिप, ट्रेनङि, जब प्लेसमेन्ट आदिका लागि कस्ता गतिविधि गर्दै आएको छ, त्यसको अध्ययन गर्नुहोस् ।

साथै कलेजले आईटी उद्योगका रहेका कम्पनी र संस्थासँग सहकार्य गरेको छ कि छैन भनेर बुझ्नुहोस् । आफ्नो आईटी करियर उद्योगमा स्थापित गर्न कलेजले ठूलो भूमिका खेल्न सक्ने भएकाले यी कुरामा तपाईं चनाखो हुनुपर्छ ।

शुल्क बुझ्नुहाेस्
कलेज र आईटी कोर्श मन परेर मात्रै भएन, शुल्क चित्त बुझेन भने कलेजमा भर्ना हुन सकिँदैन । यसकारण आफूले इच्छाएको कोर्श पढ्न कुल कति खर्च लाग्छ, छात्रवृत्ति छ कि छैन त्यसको अध्ययन गर्नुहोस् ।

बीआईएम पढ्न ५ लाखदेखि साढे ६ लाखसम्म शुल्क लिने कलेजहरु छन् । तपाईंले परिवारको आर्थिक अवस्थालाई ध्यान दिएर त्यस अनूकुलको कलेज छनौट गर्न सक्नुहुन्छ ।

पढाइपछिको अवसर

बीआईएम पढेका विद्यार्थीहरूले स्नातकोत्तरमा व्यवस्थापन वा कम्प्युटर साइन्ससम्बन्धी विषय पढ्न सक्छन् । उद्योगमा काम गर्नका लागि भने स्नातक डिग्री नै पर्याप्त हुन्छ ।

याे कोर्ष व्यवस्थापन र आईटी दुवै विषयको समायोजन भएकाले भविष्यमा आईटी, बैंकिङ क्षेत्र, सरकारी तथा गैरसरकारी संघसंस्था लगायतमा विभिन्न भूमिकामा रहेर काम गर्न सकिन्छ ।

नेटवर्किङ, सेक्युरिटी, सिस्टम एडमिन, डाटाबेस, सफ्टवेयर इन्जिनियर, एआई तथा क्वालिटी अस्योरेन्स लगायतकाफिल्डमा गएर डेटाबेस डिजाइनर, इन्फर्मेशन सिष्टम म्यानेजर, इन्फर्मेशन एनालिस्ट, इन्फर्मेशन सिस्टम म्यानेजर लगायतका भूमिकामा काम गर्न सकिन्छ ।

त्यस्तै व्यवस्थापन क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्र, बीमा, सरकारी र गैरसकारी संस्थाका विभिन्न पदमा रहेर काम गर्न सकिन्छ ।

यति मात्रै हाेइन, बीआईएममा उद्यमशीलताका कोर्षहरु समावेश भएकाले यो कार्यक्रम पढेका विद्यार्थीहरु आफै उद्यमी बन्न सक्छन् ।

यी कलेजमा हुन्छ पढाई

१.अक्सफोर्ड कलेजरुपन्देही
२. तिनाउ टेक्निकल कलेजरूपन्देही
३.इन्टरनेसनल कलेजचितवन
४.बीरगञ्ज पब्लिक कलेजपर्सा
५.सुदूरपश्चिम क्याम्पस कैलाली
६.सुनसरी टेक्निकल कलेजसुनसरी 
७.इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्टडिज काठमाडौं
८.केसीएमआईटीकाठमाडौं
९.नेपाल कमर्स क्याम्पस काठमाडौं 
१०.शंकरदेव क्याम्पसकाठमाडौं 
११.थेम्स इन्टरनेसनल कलेज काठमाडौं
१२.कोहलपुर मोडेल कलेज बाँके
१३.ब्राइटल्याण्ड कलेज बाँके
१४.गुप्तेश्वर महादेव मल्टिपल क्याम्पसकास्की 
१५.कन्या क्याम्पसकास्की
१६.जनप्रिय मल्टिपल क्याम्पस कास्की
१७.हिमालयन दर्शन कलेजविराटनगर
१८.निहारिका कलेजविराटनगर
१९.बालकुमारी कलेजचितवन
२०.इन्द्रेणी कलेजचितवन
२१.अम्बिकेश्वरी क्याम्पसदाङ
२२.हेटाैंडा स्कुल अफ म्यानेजमेन्ट एन्ड साेसल साइन्सेसमकवानपुर
२३.किस्ट कलेजकाठमाडाैं
२४. सेन्ट जेभियर कलेजकाठमाडाैं
२५.प्राइम कलेज काठमाडाैं
२६.नेसनल कलेज अफ कम्प्युटर स्टडिजकाठमाडौं
२७.नागार्जुन कलेज अफ आईटीकाठमाडौं
२८.श्री यन्त्र कलेजझापा
२९.अर्किड इन्टरनेसनल कलेजकाठमाडाैं
३०.एसियन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीकाठमाडौं
३१.निस्ट कलेजकाभ्रे
३२.लुम्बिनी आईसीटी कलेजनवलपुर
३३.सुर्खेत मोडेल कलेजसुर्खेत
३४.मोडेल बहुमुखी कलेजजनकपुर
३५. कलेज अफ एप्लाइड विजनेसकाठमाडौं
३६.सहारा क्याम्पससुर्खेत

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१