close

कृषिमा उत्पादकत्व बढाउन रोबटले यसरी गर्दै छ सहयोग

टेकपाना टेकपाना

फागुन २७, २०७७ १२:९

कृषिमा उत्पादकत्व बढाउन रोबटले यसरी गर्दै छ सहयोग

काठमाडौं । कृषि प्रविधिमा काम गर्ने अष्ट्रेलियाकाे कम्पनी एजेरिसले विकास गरेको ‘ड्रोन अन ह्विल्स’ रोबटले अहिले कृषि कार्यमा सघाउने मात्र नभएर प्राविधिक कर्मचारीहरुलाई पनि प्रशिक्षित गरिरहेको छ । 

भिक्टोरियामा आधारित सुनिटेफ (SuniTAFE) स्मार्ट फार्मले निर्माण गरेको उक्त डिजिटल फार्मल्याण्ड राेबटले अन्न उत्पादनलाई सुधार्नेदेखि किरा फट्याङ्ग्रा तथा वीड (गाँजा) डिटेक्ट गरेर किटनाशक औषधिको प्रयोगलाई घटाउन मद्दत गर्दछ । 

ती मोबाइल रोभिङ रोबट सोलर उर्जाबाट सञ्चालन हुन्छन् । तीनमा नेभिगेसन सेन्सर, लेसर सेन्सर, इन्फ्रार्ड सेन्सर तथा क्यामेरा फिचरहरु रहेका छन् ।

याे राेबट एआई प्रणालीबाट सञ्चालित छ, जसले गाँजाको हिड म्याप बनाउन सक्छ । साथै यसले प्रत्येक अन्नको विरुवालाई डिटेक्ट गरेर त्यसको उत्पादन, विरुवाको आकार, फल र फूलको संख्यालाई सही आँकलन गर्दछ ।

२०१९ मा सिड्नीको युनिभर्सिटी अफ अष्ट्रेलियन सेन्टर फर फिल्ड रोबोटिक्सबाट व्यवसायिक संस्थाको रुफमा एजेरिसको उदय भएपछि उसले गरेका सम्झौताहरुमा सुनिटेफ स्मार्ट फार्मसँग गरेको पछिल्लो सम्झौता निकै महत्वपूर्ण छ ।  

यसबाहेक भिक्टोरिया, क्विन्सल्याण्ड र न्यू साउथ वेल्स गरी तीन ठाउँमा अहिले यस प्रकारका डिजिटल फार्मल्याण्ड रोबट सञ्चालनमा छन् ।

एजेरिसका सीईओ सलाह सुक्कारियाले कम्पनीले यस्ता १० वटा फार्म निर्माण गर्ने योजना बनाएको खुलासा गरेका छन् । यस किसिमको प्रविधिले कृषिमा उत्पादकत्व बढाउने उनी बताउँछन् । 

अनावश्यक झारपात बढेर गए यसले अन्य अन्न उत्पादक बालीनालीको पोषक तत्व खोसेर लिने हुँदा यसलाई हटाउन डिटेक्ट मेकानिज्म जोडेको उनले बताए । समयमै निरन्तररुपमा यस्ता विरुवालाई हटाउन सके अन्नको उत्पादकत्वमा ठूलै फरक पर्ने उनी बताउँछन् । 

‘क्रप इन्टेलिजेन्सको कुरा गर्दा यसले किरा फट्याङ्ग्राबाट उत्पन्न हुने रोगहरुलाई प्रारम्भिक चरणमा नै डिटेक्ट गर्दछ । साथै यो खेतमा अझ कति धेरै फैलन सक्छ भन्ने कुरालाई पनि पत्ता लगाउँछ । साथै यसले कृषकहरुलाई ती जानकारी पनि दिन्छ, जुन यसअघि उनीहरुले कहिल्यै पनि पाउन सकेका थिएनन्,’ सुक्कारियाले बताए । 

यसबाहेक एजेरिस कम्पनी अहिले स्वायेगबोटको व्यवसायिक प्रोटोटाइप पनि सार्वजनिक गर्ने तयारीमा छ । स्वायेगबोटले पशुचरण क्षेत्रको गुणस्तरीयता र पशुपंशीकाे उचित व्यस्थापनलाई परीक्षण गरेर पशुपालन उद्योगलाई सहयोग गर्ने बताइएकाे छ । 

जेडडीनेटबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१