close

फाइभजी परीक्षण गर्ने सरकारको निर्णय,परीक्षण अवधिभर नि:शुल्क प्रयोग गर्न पाइने

टेकपाना टेकपाना

चैत ३, २०७७ १५:११

फाइभजी परीक्षण गर्ने सरकारको निर्णय,परीक्षण अवधिभर नि:शुल्क प्रयोग गर्न पाइने

काठमाडौं । सरकारले नेपालमा फाइभजी सेवा परीक्षण गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको अध्यक्षतामा रहेको फ्रिक्वेन्सी नीति निर्धारण समितिको हालैको बैठकले यस्तो निर्णय गरेको हो ।

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तयार पार्न सूचना तथा प्रविधि क्षेत्रका सरोकारवालासँग मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले फाइभजी सेवाको बाटो खुलेको जानकारी दिए ।

केही साताअघि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गरेको सिफारिसमा समितिले फाइभजी परीक्षणको निर्णय लिएको हो । फाइभजीका लागि फ्रिक्वेन्सी ब्याण्ड समेत तय गरिएको छ ।

सेवाप्रदायकहरुले दूरसञ्चार सेवाका लागि तय गरिएका फ्रिक्वेन्सी ब्याण्डमा प्रविधि तटस्थताको आधारमा फाइभजी फ्रिक्वेन्सी निर्धारण गरिएको छ । यद्यपि परीक्षणका लागि भने सेवाप्रदायक कम्पनीहरुलाई नि:शुल्क रुपमा फ्रिक्वेन्सी उपलब्ध गराइनेछ ।

परीक्षण अवधिमा सेवाप्रदायकले ग्राहकबाट फाइभजी सेवको शुल्क लिन पाउने छैनन् । सञ्चारमन्त्री गुरुङले फ्रिक्वेन्सी वितरण र बाँडफाँडलाई व्यवस्थित गर्न नेसनल फ्रिक्वेन्सी स्ट्राटेजी तयार पार्ने निर्णय भएको जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१