close

युवा उद्यमीलाई बिना ब्याज ३ लाख ऋण

टेकपाना टेकपाना

चैत ४, २०७७ १६:२३

युवा उद्यमीलाई बिना ब्याज ३ लाख ऋण

काठमाडौं । राष्ट्रिय युवा परिषद, चाँगुनारायण नगरपालिकाले ३ सय जना युवा उद्यमीलाई बिना ब्याज ३ लाख रुपैयाँका दरले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने भएको छ । त्यसका लागि नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा मंगलबारदेखि तालिम सुरु भएको छ ।

सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरताको ७ दिने तालिम कार्यक्रम सुरु भएको हाे । जसमा १० समूहमा ३ सय ७० जना सहभागी भएका छन् । उक्त तालिम चैत ९ गतेसम्म चल्नेछ ।

तालिम राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको प्रमुख आतिथ्यतामा सुरु भएको हो । तालिमपछि नेपाल बैंकले ३ सय जनालाई बिजनेश प्रपोजलको आधारमा पालिकाको जमानीमा ३ लाखको दरले बिना ब्याज सहुलियतपूर्ण कर्जा प्रदान गर्ने सहमति भएको उल्लेख गरिएको छ ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रभावकारी सहुलियतपूर्ण कर्जा कार्यन्वनका लागि परिषद्ले युवा र बैंकलाई जोड्ने बताए । कार्यक्रममा नेपाल बैंकका तर्फबाट सम्बोधन गर्दै डेपुटी सीईओ प्रकाश अधिकारीले आवश्यक डकुमेन्टसहित प्रक्रियामा आए र बैंकले प्रस्तावना हेरेर लगानी गर्ने बताएका छन् ।

युवाहरुलाइ उधमशीलताका लागि बिना ब्याज ३ लाख रुपिया प्राप्त गर्नेछन । मेयर उद्यमशीलता कार्यक्रम चलाउने चाँगुनारायण नगरपालिका देशकै पहिलो नगरपालिका हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१