close

चिप अभावका कारण यो वर्ष सामसङ ग्यालेक्सी नोट सिरिज नआउने संकेत

टेकपाना टेकपाना

चैत ५, २०७७ ८:९

चिप अभावका कारण यो वर्ष सामसङ ग्यालेक्सी नोट सिरिज नआउने संकेत

काठमाडौं । सामसङले सन् २०२१ मा सामसङ ग्यालेक्सी नोट सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक नगर्ने संकेत दिएकाे छ । अहिलको यो अवस्थामा एकै वर्ष दुई वटा फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्नु चुनौतीपूर्ण भएको कम्पनीका प्रमुख डिजे खाेलेले बताएका छन् ।

‘नोट सिरिज हाम्रो व्यवसायको हाई-इन्ड स्मार्टफोन हो,’ लगानीकर्तासँगकाे बैठकमा उनले भने, ‘एकै वर्षमा दुई वटा फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने काम हाम्रो लागि ठूलो भार हो ।

त्यसैले यो वर्षभित्र नोट सिरिजका स्मार्टफोन सार्वजनिक गर्नु चुनौतीपूर्ण छ । नोट सिरिज सार्वजनिक हुनसक्ने समय परिवर्तन हुन सक्छ । तर, अर्को वर्ष भने हामी सार्वजनिक गर्नेछौं ।’

यसकारण सेमिकन्डक्टरको अभाव हुनसक्ने आँकलन गरिएको छ । विश्वव्यापी रुपमा सेमिकडक्टरको अभाव हुँदा आउँदो चौमासिकमा कम्पनीको आम्दानीमा समेत असर पर्ने खोले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१