काठमाडौं । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले केही समयअघि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अनिवार्य रुपमा टोल फ्री नम्बर राख्नुपर्ने निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा इन्टरनेट सेवा प्रदायकले टोल फ्री नम्बर उपलब्ध गराएका छन् ।
पहिलो चरणमा चार सेवाप्रदायकले मात्रै टाेल फ्री नम्बर उपलब्ध गराएपछि अन्यलाई कारबाही गर्ने तयारी भएसँगै टोल फ्री नम्बर राख्ने सेवा प्रदायक थपिएका छन् ।
अनुमतिपत्रको शर्त कार्यान्वयन गर्न र ग्राहकहरुको गुनासो समाधान गर्नका लागि भन्दै प्राधिकरणले सेवा प्रदायकलाई टोल फ्री नम्बर राख्न निर्देशन दिएको हो ।
सेवा प्रदायकले अनुमतिपत्रको शर्तअनुसार शुल्क सम्बन्धी विवरण निःशुल्क रुपमा उपलब्ध गराउनु पर्नेछ । साथै ग्राहकको गुनासो तोकिएको समयभित्र समाधान गर्नुपर्ने छ ।
तर इन्टरनेटको गुनासो गर्ने विषयमा कम्पनीहरुले राम्रो व्यवस्था नगर्दा ग्राहक मर्कामा परिरहेकाले सेवा प्रदायकले अनिवार्य रुपमा टोल फ्रि नम्बर राख्नुपर्ने निर्देशक प्राधिकरणले दिएको थियो । यसको उद्देश्य ग्राहकले चाहेको समयमा सेवा प्रदायकलाई आफ्नो गुनासो टिपाउन सकुन् भन्ने हो ।
प्राधिकरणका निर्देशक विजयकुमार रोय भन्छन, ‘अहिले स-साना गुनासा पनि सिधै प्राधिकरणमा आउने गरेका छन् । टोल फ्री नम्बर भएको खण्डमा ग्राहकले सुरुमा सेवा प्रदायकलाई आफ्नो समस्याबारे जनाकारी गराउन सक्नेछन् । त्यहाँबाट समस्या समाधान नभएका गुनोसाहरु मात्र फिल्टर भएर प्राधिकरणमा आउन् भन्ने पनि हो ।’
यस्ता छन् आईएसपीका टोल फ्री नम्बर
1
Nepal Doorsanchar Company Ltd.
1498, 198
2
Worldlink Communications Ltd.
166001-55050
3
Subisu Cablenet Pvt. Ltd.
166001-59999
4
Broad Band Nepal Pvt. Ltd.
166071-52004
5
Techminds Networks Pvt. Ltd.
16605651222 (for NT Users), 9801575666 (for Ncell Users)