close

वानप्लस ९ प्रोमा वायरलेस चार्जिङको सुविधा, ४३ मिनेटमै ब्याट्री फुल चार्ज हुने

टेकपाना टेकपाना

चैत ६, २०७७ १३:०

वानप्लस ९ प्रोमा वायरलेस चार्जिङको सुविधा, ४३ मिनेटमै ब्याट्री फुल चार्ज हुने

काठमाडौं । वानप्लसले आउँदा मार्च २३ मा आफ्नो पछिल्लो फ्ल्यागशिप सिरिज वानप्लस ९ सार्वजनिक गर्दै छ । यो लञ्च इभेन्टबाट ९ सिरिजमा ३ वटा फोन वानप्लस ९, वानप्लस ९ प्रो र वानप्लस ९ आर आउने अनुमान गरिएको छ । त्यस्तै कम्पनीले आफ्नो पहिलो स्मार्टवाच पनि त्यही दिन सार्वजनिक गर्नसक्ने अनुमान छ ।

यसैबीच वानप्लस ९ प्रोमा कम्पनीले वायरलेस चार्जिङको सुविधा पनि दिने भएको छ । यसका लागि ५० वाटको वायरलेस चार्जर रहनेछ, जसकारण शुन्य अवस्थामा रहेको फोनको ब्याट्री ४३ मिनेटमै फुल चार्ज हुनेछ ।

केबलबाट चार्ज हुने अहिलेका अधिकांश फोनको तुलनामा यो वायरलेस चार्जिङ प्रविधिबाट अझ छिटो चार्ज हुने कम्पनीकाे दाबी छ ।

वायरलेस चार्ज गर्दा तपाईंले फोनलाई ठाडो वा तेस्रो गरेर राख्न सक्नुहुन्छ । त्यस्तै फोनमा भिडियो हेर्दै पनि चार्ज गर्न सक्नुहुन्छ ।

यसका साथमा वानप्लस ९ प्रोमा ६५ वाटको वायर्ड चार्जर पाउनुहुन्छ, जुन २९ मिनेटमै ब्याट्री फुल गर्न समर्थ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१