close

वानप्लस नाइन सिरिजमा सस्ताे मोडल पनि आउँदै

टेकपाना टेकपाना

चैत ७, २०७७ १३:१७

वानप्लस नाइन सिरिजमा सस्ताे मोडल पनि आउँदै

काठमाडौं । वानप्लसले यसै मार्च २३ मा आफ्नो वानप्लस नाइन सिरिज सार्वजनिक गर्दैछ । जसमा वानप्लस नाइन र नाइन प्रो सार्वजनिक हुने चर्चा छ । तर यसै समारोहमा कम्पनीले वानप्लस नाइन सिरिज फेमिलीको अर्को सस्तो मोडल पनि सार्वजनिक गर्ने खुलासा भएको छ ।

वास्तवमा वानप्लसका सीईओ पेट लिउले नै यसबारे पुष्टि गरेका हुन् । नाइन सिरिजको यो सस्तो मोडललाई कम्पनीले वानप्लस नाइन आर नाम दिएको छ ।

लिउले यस फोनको स्पेक्स, मूल्य र अन्य विवरणको बारेमा खुलेर बताएका त छैनन् । तर उनले जति बताए, त्यसमा यस फोनबाट के अपेक्षा गर्न सकिन्छ भन्ने कुरा भने स्पष्ट भएको छ । 

सबैभन्दा पहिलो कुरा त यो फोन नोर्ड सिरिजअन्तर्गत नभई नाइन सिरिज फेमिलीभित्र रहनेछ, जसले यो नोर्डका मोडलभन्दा बलियो हुने संकेत दिन्छ । लिउले नाइन आरको लुक्स नोर्डको जस्तै भएपनि यो अझ राम्रो हुने संकेत गरेका छन् । 

तर लिउले नाइन आर गेमिङ फोन नभएको बताएका छन् । किनभने यसमा शक्तिहाली चिप नहुने उनले संकेत दिए । यसमा नाइन र नाइन प्रोमा रहेको स्नापड्रागन ८८८ भन्दा न्यून स्तरकै चिपसेट हुनेछ ।

तर नोर्डमा रहेको स्नापड्रागन ७५६ जीभन्दा शक्तिशाली हुनेछ । यसको अर्थ यसमा स्नापड्रागन ८७० देखि ८६५ को बीचको चिपसेट हुनेछ । यसमा फाइभजी कनेक्टिभिटी पनि हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१