close

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए७२ उपलब्ध, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

चैत ८, २०७७ १३:४७

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए७२ उपलब्ध, यस्तो छ मूल्य र फिचर

काठमाडौं । सामसङले आफ्नो पछिल्लो स्मार्टफोन ए७२ फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीको ए सिरिजका अन्य फोनहरु विशेषगरी सामान्य विशेषतासहित सस्तो मूल्यमा उपलब्ध छ । तर सामसङको यस फोनमा भने उच्च स्तरका हाई इण्ड स्पेसिफिकेसन छन् ।

तर हाई इण्ड स्पेसिफिकेसन हुँदाहुँदै पनि यसले फाइभजीलाई भने सपोर्ट गर्दैन । क्यामेरा र पावरको दृष्टिले यो फोन सबैभन्दा उत्कृष्ट भएपनि फाइभजीको अभावले यो लामो समय काम लाग्ने फोन भने नहुन सक्छ ।

ग्यालेक्सी ए७२ को स्पेसिफिकेसनको कुरा गर्दा यसमा ६.७ इन्चको सुपर एमोलेड फूल एचडी प्लस २४००*१०८० पिक्सेल रिजोलुसन भएको इन्फिनिटी ओ डिस्प्ले कटआउट स्क्रिन डिस्प्ले छ । जसमा ९० हर्जको राम्रो रिफ्रेस रेट छ ।

यसमा ६ र ८ जीबी र्‍याम भेरियन्ट छ । यस्तै, इन्टर्नल स्टोरेजको कुरा गर्दा यसमा १२८ र २५६ जीबीको इन्ब्युल्ट स्टोरेज र १ टेराबाइटसम्म सपोर्ट गर्नसक्ने माइक्रोएसडी कार्ड रहेको छ ।

ब्याट्रीको कुरा गर्दा यसमा ५ हजार एमएएचको ब्याट्री र २५ वाटको वायर्ड फास्ट चार्जर छ । क्यामेराको कुरा गर्दा चारवटा रियर क्यामेरा छन् । फोनमा ६४ मेगा पिक्सेलको मेन क्यामेरा छ, जसमा अप्टिकल इमेज स्टेबलाइजेसन र अटोफोकस छन् ।

यस्तै, दोस्रो क्यामेरा १२ मेगा पिक्सेलको अल्ट्रावाइड छ, जसमा फिक्स्ड फोकस छ । यसबाहेक ८ मेगा पिक्सेलको टेलिफोटो लेन्स र पाँच मेगा पिक्सेलको म्याक्रो लेन्स पनि छन् । यसमा ३२ मेगा पिक्सेलको सेल्फी फ्रन्ट क्यामेरा पनि छ ।

कनेक्टिभिटीको कुरा गर्दा फाइभजीलाई सपोर्ट नगर्नु यसको ठूलो कमजोरी त हाे, तर यसले एलटीईलाई भने सपोर्ट गर्दछ । यसमा इन्डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर, आईपी ६७ रेजिस्टेन्स र फेस अनलक सेक्युरिटी सुरक्षा फिचर छन् ।

यसअन्तर्गत ८/२५६ जीबी भेरियन्टकाे मूल्य ५६ हजार ९ सय ९९ रूपैयाँ राखिएकाे छ । त्यस्तै ६/१२८ जीबी भेरियन्टकाे मूल्य ५१ हजार ९ सय ९९ रूपैयाँ राखिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१