close

सुरू भयो नेपालबाटै अमेजन र नेटफ्लिक्सको भुक्तानी

टेकपाना टेकपाना

चैत ८, २०७७ १८:३८

सुरू भयो नेपालबाटै अमेजन र नेटफ्लिक्सको भुक्तानी

काठमाण्डौ । अब अमेजन र नेटफ्लिक्सजस्ता प्लेटफर्मका लागि नेपालबाटै डलर भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै डलर खाता नभएपनि ‘क’ र ‘ख’ वर्गका बैंकबाट प्रिपेड कार्ड लिएर वार्षिक ५ सय डलरसम्म भुक्तानी गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

हालसम्म डलर खाता भएकाले मात्रै विदेशमा भुक्तानी गर्न सकिने व्यवस्था थियो । राष्ट्र बैंकका अनुसार विदेशी सेवा तथा वस्तु आयात गरेबापत रकम भुक्तानीमा कठिनाई भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।

योसँगै वाणिज्य बैंक र विकास बैंकले ग्राहकलाई ५ सय डलर बराबरको प्रिपेड कार्ड जारी गर्न सक्नेछन् । जसमार्फत सामाजिक सञ्जाल र अन्य अनलाइन कारोबारकाे डलरमा भुक्तानी गर्न सकिने छ ।

लामो समयदेखि सामाजिक सञ्जाल र अन्य अनलाइनको भुक्तानीमा समस्या भएको भन्दै गुनासो आउने गरेको थियो । त्यसैलाई मध्यनजर गरेर राष्ट्र बैंकले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएकाे हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१