close

‘विश्वविद्यालय तहका विद्यार्थीको विवरण पनि नागरिक एपमा’

टेकपाना टेकपाना

चैत ९, २०७७ १८:९

‘विश्वविद्यालय तहका विद्यार्थीको विवरण पनि नागरिक एपमा’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विश्वविद्यालयका सबै जानकारी नागरिक एपमा समावेश गरिने बताएका छन् । सोमबार मन्त्रालयमा विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीहरुसँगको भेटका क्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

डिजिटल नेपालको फ्रेम वर्कको विषयमा छलफल गर्न आयोगका पदाधिकारी तथा कर्मचारी मन्त्रालय पुगेका थिए । सरकारले करिब अढाई महिना अघि परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एप अबको एक महिनामा औपचारिक रुपमा नै सञ्चालनमा आउने बताइएको छ ।

जसमार्फत सम्भव भएसम्मका सबै सरकारी सेवा उपलब्ध गराउने सरकारको योजना रहेको छ । हाल एसएलसी र उच्च माध्यामिक तहसम्मको शैक्षिक विवरण भने नागरिक एपमा उपलब्ध छ ।

त्यसैमा अब विश्वविद्यालय तहसम्मको जानकारी समेत समेटिने मन्त्री गुरुङले बताएका हुन् । नागरिक एपमा प्यान, नागरिक लगानी कोष, कर्मचारी संचय कोष, सामाजिक सुरषा कोषको विवरण समेत हेर्न सकिने व्यवस्था छ ।

यस बाहेक नागरिकता, राहदानी र मतदाता परिचय पत्र समेत एपमा राखिएको छ । एपबाटै हेलो सरकारमा आफ्नो समस्या तथा गुनासो टिपाउने सुविधाा समेत दिन थालिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१