close

देशकै ठूलो डेटा ह्याकमा संलग्न नरपिचास भन्छन्, ‘नेपालको साइबर सुरक्षा उच्च जोखिममा छ’

टेकपाना टेकपाना

चैत १०, २०७७ १६:१५

देशकै ठूलो डेटा ह्याकमा संलग्न नरपिचास भन्छन्, ‘नेपालको साइबर सुरक्षा उच्च जोखिममा छ’

काठमाडौं । केही महिनाअघि इन्टरनेट सेवाप्रदायक भायानेटले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा ब्रिचको घटना बेहोर्नुपर्‍यो । याे घटनामा १ लाख ७६ हजार सेवाग्राहीहरुको निजी जानकारी सबै बाहिर आएकाे थियाे ।

१६ वर्षीय एक किशाेर ह्याकरले याे डेटा ब्रिचकाे घटना गराएका थिए । साे डेटा ब्रिचमा उनले कस्टमर आईडी, नाम, ठेगाना, फोन नम्बर, ईमेल एड्रेसहरु लिक गरिदिएका थिए । डेभलपरलाई पाठ पढाउन भायानेटको डेटा ह्याक गरेकाे उनले बताएका छन् ।

हाल उनीवरूद्दकाे मुद्दा अदालतमा सुनुवाईकाे क्रममा छ । ट्वीटरमा उनले आफूलाई ‘नरपिचास’, ‘नरे भाइ’ भनेर चिनाउने गरेका छन् ।

यसैबीच उनीसँग भायानेट ह्याक र यससँग सम्बन्धित विषय, गैरकानूनी ह्याकिङ, नेपालमा डेटा सुरक्षाकाे अवस्था लगायतका विषयमा टेकपानाले भिडियाे अन्तर्वार्ता गरेकाे छ ।

हेर्नुहाेस् भिडियाे :

(नोट : प्रस्तुत अन्तर्वार्ता नेपालमा बढ्दो ‘अनइथिकल ह्यकिङ’ नियन्त्रणका लागि सहयोग पुर्‍याउने उद्देश्यसाथ तयार पारिएको हो । अनइथिकल ह्यकिङ प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य किमार्थ होइन । अन्तर्वार्ताले डेटा सुरक्षामा रहेको हाम्रो कमजोरी सुधारमा सहयोग पुर्‍याउने विश्वास छ । ह्याकर अनइथिकल गतिविधिमा लागेको र नाबालक भएका कारणले परिचय गोप्य राख्दै हामीले यो विशेष अन्तर्वार्ता लिएका हाैं।‍)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१