close

पोखरामा निःशुल्क अर्डिनो वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

चैत १०, २०७७ १९:३

पोखरामा निःशुल्क अर्डिनो वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । विद्यार्थीलाई कोडिङ तथा अटोमेसनका विषयमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले कम्प्युटेसनल थिङ्किङ विथ अर्डिनो वर्कसप आयोजना हुने भएको छ । चैत १४ गते महेन्द्रपुलस्थित अमेरिकन कर्नरमा विहान ११ देखि २ बजेसम्म याे वर्कशप सञ्चालन हुनेछ । 

ग्लोकल आफ्टर स्कुलको कार्यक्रम ‘स्किल विल’ अन्तर्गत पोखरास्थित प्राविधिक पृष्ठभूमिका विद्यार्थीहरुको समूह कोड काव्याले आयोजना वर्कशप गर्ने लागेको हो । वर्कशपमा  माध्यमिक तहका विद्यार्थीदेखि यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूले निःशुल्क सहभागिता जनाउन पाउने कोड काब्याका संस्थापक विज्ञान तिमिल्सिनाले जानकारी दिए । 

याे अवसरमा विद्यार्थीहरुलाई अटोमेसन, मसिनले काम गर्ने तरिका, सेन्सर कोड गर्ने विधिदेखि मसिनसँग सजिलो भाषामा अन्तर्क्रिया गर्ने तरिकाबारे जानकारी दिइने छ ।

साथै कार्यक्रममा प्रोग्रामिङ, कम्प्युटेसनल थिङ्किङका लागि शैक्षिक टुलको रुपमा एजुकेसनल रोबोटिक्सजस्ता विषयसँग विद्यार्थीहरुलाई परिचित गराइने छ । प्रोग्रामिङ र रोबोटिक्स अभ्यासका लागि न्यूनतम मूल्यको हार्डवेयर तथा माइक्रोप्रोसेसर अर्डिनोको बारेमा पनि जानकारी दिइने छ ।

वर्कशपमा विद्यार्थीहरुले स्मार्ट इलेक्ट्रोनिक्सले कसरी काम गर्छ र माइक्रोप्रोसेसरमा प्रोग्रामिङ गरेर कसरी प्रडक्ट तयार पार्ने भन्ने कुरा सिक्नेछन् ।

सहभागी विद्यार्थीहरुले वर्कशपमा आफैंले कोडिङ गरी प्रोजेक्ट गर्नुपर्ने हुँदा साथमा ल्यापटप लिएर आउनुपर्नेछ । सहभागीहरुले माइक्रोप्रोसेसरमा ट्राफिक लाइट सिस्टम र अटोम्याटिक लाइट ल्याम्पलाई अटोमेट गरेर पहिलो प्रोजेक्ट तयार गर्नेछन् ।

इच्छुक विद्यार्थीहरुले यस लिङ्कमा गएर अनलाइन दर्ता गर्नसक्ने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१