close

आफ्ना ७५ हजार राइडरका लागि पठाओले जारी गर्‍यो विज्ञप्ति

टेकपाना टेकपाना

चैत १२, २०७७ २२:२६

आफ्ना ७५ हजार राइडरका लागि पठाओले जारी गर्‍यो विज्ञप्ति

काठमाडाैं । राइड शेयरिङ सेवा पठाओले आफ्ना राइडरले राखेका सराेकारकाे विषय र पछिल्लाे पटक देखिएकाे संवेदनशील विषयलाई सम्बाेधन गर्न एक प्रेस विज्ञप्ति जारी गरेकाे छ ।

साे विज्ञप्तिमा पठाओ एपमार्फत जोडिएर ग्राहकलाई सेवा प्रदान गर्दै आएका केही राइडरहरू समूहबद्ध भई पठाओको कार्यालयमा उपस्थित भई केही बुँदागत सरोकारहरू जानकारी गराएको र सोही समयमा केही प्रशासनिक समस्याले गर्दा यस कम्पनीको कार्यमा नकारात्मक असर पुर्‍याउन केही व्यक्तिले चेस्टा समेतगरेको अवस्थामा कम्पनीको गम्भीर ध्यानकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा पठाओको सेवा शुल्क, पठाओ स्टेशन, राइडरहरुको उचित व्यवस्थापन लगायत विषयमा फैलिएका गलत जानकारी तथा उब्जिएका समस्याहरुलाई सम्बोधन गरिएको छ ।

पछिल्लाे समय ट्याक्सी चालकहरूले पठाओ चालकलाई कुटपिट गरेपछि केही समस्या र अन्याैलता सिर्जना भएकाे थियाे । कम्पनीले अनावश्यक भिडभाड नगरी नियमित सेवा दिन राइडरहरूलाई आग्रह गरेकाे छ ।

त्यस्तै पठाओले हाल राइडरबाट लिँदै आएको सेवाशुल्क यथावत राख्नुपर्ने बाध्यता रहेको उल्लेख गरेको छ । त्यस्तै राइडरहरुका लागि कस्टमर केयर नम्बरहरु फ्री बनाउन टोल फ्री नम्बर सुचारु भइसकेको उल्लेख गरिएको छ ।

कम्पनीले सञ्चालन गरेको पठाओ एपमार्फत राइडर भई कार्य गर्ने कुरा सम्बन्धित व्यक्तिको इच्छामा निर्भर हुने भएको र हालसम्म दर्ता भएका कतिपय व्यक्तिहरु काम नगरी बसेको अवस्था समेतलाई मध्येनजर गर्दै कम्पनीले राइडरहरुको संख्या कति भएमा पुग्ने र कार्य नगर्ने राइडरको ठाउँमा नयाँ थप्न के गर्ने भन्ने सम्बन्धमा अनुसन्धान र छलफल गरिरहेको जानकारी दिएकाे छ ।

राइडरहरुको पनि दोहोरा कुरा सुनुवाई हुनुपर्ने भन्ने सम्बन्धमा कार्यालयबाट प्रदान गरिएको ‘वाक इन सपोर्ट’ (डब्लुआईएस) सेवा सकेसम्म चाँडो सञ्चालन गर्ने तयारी भएकाे पनि कम्पनीले जनाएको छ । पूर्वाधार निर्माण भइरहेको जानकारी दिँदै कम्पनीले यसको सञ्चालनपछि दोहोरो रुपमा कुरा सुन्न सकिने उल्लेख गरेकाे छ ।

यस्ताे छ प्रेस विज्ञप्ति

pathao1

pathao2

pathao3

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१