close

६ हजार एमएएच ब्याट्री र ६ जीबी र्‍याम सहित सामसङको सस्तो फोन नेपाली बजारमा

टेकपाना टेकपाना

चैत १३, २०७७ १३:१३

६ हजार एमएएच ब्याट्री र ६ जीबी र्‍याम सहित सामसङको सस्तो फोन नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा सामसङ ग्यालेक्सी एम१२ सार्वजनिक भएको छ । एम ११ को सक्सेसर उक्त फोन शक्तिशाली ब्याट्री र ९० हर्ज रिफ्रेस रेट डिस्प्लेका साथ बजारमा आएको छ ।

६.५ इन्च इन्फिनिटी-भी एलसीडी स्क्रिन भएको यस फोनमा ९० हर्जको रिफ्रेस रेट रहेको छ । यसमा ६ हजार एमएएचको ब्याट्री र १५ वाट पावरको चार्जर पनि छ । यी दुई विशेष फिचरले यस फोनलाई शक्तिशाली र मूल्य सुहाउँदो बनाएको छ ।

यस फोनमा ८ एनएमको एक्जिनस ८५० प्रोसेसर छ, जुन यसअघिको ए सिरिज फोन र ग्यालेक्सी एक्सकभर फाइभमा देखिएको थियो । त्यसो त यसको चिपसेट दुई वर्ष पुरानो हो र नोट १० मा रहेको स्नापड्रागन ६७८ भन्दा यो कम शक्तिशाली छ ।

यस फोनको क्यामेरा फिचरका बारेमा कुरा गर्दा यसमा क्वाड क्यामेरा सेटअप छ, जसमा ४८ मेगापिक्सेलको सेन्सर र ५ मेगापिक्सेलको अल्ट्रा वाइड सेन्सर र २ मेगा पिक्सेलको डेप्थ म्याक्रो शूटर छ । यसको अगाडि भने ८ मेगापिक्सेलको सेल्फी सेन्सर पनि छ ।

यसमा दुईवटा र्‍याम र स्टोरेज अप्सन छन् । जसमा ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज अप्सन १८ हजार ४९९ रुपैयाँमा उपलब्ध छ भने अर्को ६ जीबी र्‍याम र १२८ स्टोरेज भेरियन्ट २२ हजार ४९९ रुपैयाँमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१