close

इम्याजिन कप २०२१ को फाइनलमा नेपाली टिम

टेकपाना टेकपाना

चैत १३, २०७७ १५:९

इम्याजिन कप २०२१ को फाइनलमा नेपाली टिम

काठमाडाैं । इम्याजिन कप २०२१ मा नेपाली टिम भर्चुअल रेडियोलोजिस्ट फाइनलमा पुगेकाे छ । नेपाली टिमले वर्ल्ड फाइनल अन्तर्गत ‘अर्थ’ क्याटेगाेरीबाट अन्तिम चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

१६३ देशबाट दशौं हजार विद्यार्थीले इम्याजिन कपका लागि आवेदन दिएका थिए । यसअन्तर्गत पहिलाे चरणकाे वर्ल्ड फाइनलमा पर्न सफल ३९ टिमबीच भएकाे प्रतिस्पर्धाबाट नेपाली विद्यार्थीको टिम अन्तिम चरण (शीर्ष १२) मा पर्न सफल भएको हो ।

याे टिमले इम्याजिन कप २०२१ मा आफ्नो ‘पिको स्याट’ प्रोजेक्ट प्रस्तुत गरेकाे छ । पिको स्याट वातावरणीय भू-उपग्रहको एउटा सानो भर्सन हो । यसले उचाई, तापमान, प्रेसर, ह्युमिडिटी, प्रदुषणजस्ता वातवारणीय प्यारामिटरहरुको बारेमा जानकारी प्रदान गर्दछ ।

टिमले आफ्नो प्रोजेक्टमा मसिन लर्निङ, मोबाइल तथा वेब एप सर्भिस, अज्योर, आईओटी, पावर बीआई तथा स्ट्रिम एनालिटिक्स वा डेटालेकको प्रयोग गरेकाे छ ।

याे टिममा एवन श्रेष्ठ, सन्सृत पौडेल, सबिल श्रेष्ठ र आशिष अधिकारी रहेका छन् । टिमका चारैजना काठमाडाैं विश्वविद्यालयका विद्यार्थीहरु हुन् ।

इम्याजिन कप माइक्रोसफ्टले हरेक वर्ष आयोजना गर्दै आइरहेको विश्वकै ठूलोमध्येको एउटा ग्लोबल सफ्टवेयर प्रतियाेगिता हो । 

No description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१