close

ह्वावेका लागि अब सामसङले चिपसेट उत्पादन गरिदिने

टेकपाना टेकपाना

चैत १३, २०७७ १६:९

ह्वावेका लागि अब सामसङले चिपसेट उत्पादन गरिदिने

काठमाडौं । दूरसञ्चार पूर्वाधार तथा स्मर्टफोन निर्माता ह्वावेले पछिल्ला केही वर्षदेखि आफ्नो बजार गुमाउँदै गएको छ । ह्वावेले निर्माण गरेका फाइभजी प्रविधि अमेरिका लगायतका विभिन्न देशले प्रतिबन्ध लगाएका छन् । यसकारण दूरसञ्चार क्षेत्रमा कम्पनीले ठूलो असर भाेगिरहेकाे छ ।

त्योभन्दा पनि ठूलो असर अमेरिकाले आफ्नो देशमा उत्पादन भएका कुनै पनि प्रविधि प्रयोग गर्न नपाउने गरी ह्वावेलाई प्रतिबन्ध लगाएको छ । यसको अर्थ ह्वावेले अमेरिकी प्रविधि प्रयोग गर्ने गैरअमेरिकी कम्पनीहरुसँग समेत व्यवसाय अगाडि बढाउन नपाउने गरी प्रतिबन्ध लगाइएकाे छ ।

यसले कम्पनीको स्मार्टफाेन व्यवसाय पनि विस्तारै खस्कँदै गएको छ । अमेरिकाको उक्त निर्णयले ह्वावेले आफ्नो फोनमा प्रयोग गर्दै आएको किरिन प्रोसेसर बनाउने ताइवानी कम्पनी ताइवान सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) सँगको व्यवसाय बन्द भयो ।

त्यसपछि कम्पनी आफैंले चिपसेट उत्पादन गरी स्मार्टफोन निमार्ण गर्नेसमेत तयारी गरेको थियो । तर, चिपसेट निमार्णका लागि तत्काल सम्भव नभएकाले हालसम्म कम्पनीले आफूसँग मौज्दात रहेका सामान प्रयोग गरिरहेको छ ।

यस्तोमा हालै ह्वावेका लागि राम्रो समाचार बाहिरिएको छ । अब ह्वावेका लागि सामसङले चिपसेट उपलब्ध गराउने छ । सामसङ सेमिकन्डक्टर चिप निर्माण गर्ने विश्वका उत्कृष्ट कम्पनीमा पर्छ । हालसम्म कम्पनीले एएमडी, आईबीएम, क्वालकम लगायतका कम्पनीलाई चिप निर्माण गर्दै आएको छ ।

यस्तोमा कम्पनीले ह्वावेका लागि किरिन चिपसेट निर्माण गर्ने गरी सहकार्य गर्ने तयारी भइरहेको छ । यदि यस्तो भएको खण्डमा स्मार्टफोन व्यवसायमा डुब्दै गरेको ह्वावेका लागि सामसङ भगवानको रुपमा स्थापित हुन सक्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१