close

साओमीको मि स्मार्ट ब्याण्ड ६ सोमबार सार्वजनिक हुँदै

टेकपाना टेकपाना

चैत १४, २०७७ २२:५

साओमीको मि स्मार्ट ब्याण्ड ६ सोमबार सार्वजनिक हुँदै

काठमाडाैं । साओमीले गत वर्षको जुलाईमा मि स्मार्ट ब्यान्ड ५ ल्याएको थियो । यसको सक्सेसर ब्याण्डको रुपमा २०२१ को जुलाई महिनामै स्मार्ट ब्याण्ड ६ ल्याउने अपेक्षा गरिएको थियो ।

तर कम्पनीले यो डिभाइस आउँदो साेमबार (मार्च २९ मा) सार्वजनिक गर्ने भएकाे छ । मि मिक्स र मि ११ सिरिज स्मार्टफोनका साथमा साे दिन स्मार्ट ब्याण्ड पनि सार्वजनिक गर्ने तयारी भएकाे हाे ।

स्मार्ट ब्याण्ड ६ बारे कम्पनीले वास्तविक विवरण खुलाइसकेको छैन । तर कम्पनीका मार्केटिङ हेडले ट्वीटरमा गरेको एक पोस्टमा यो फरक फरक कलर र वाच फेसमा आउने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१