close

तीन मोडलमा साओमी मि ११ सिरिज भोलि सार्वजनिक हुँदै

टेकपाना टेकपाना

चैत १५, २०७७ ९:३६

तीन मोडलमा साओमी मि ११ सिरिज भोलि सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड सोओमीले भाेलि साेमबार तीन उपकरण सार्वजनिक गर्ने भएको छ । ‘साओमी मेगा लञ्च’ को रुपमा कम्पनीले मि मिक्स, मि ११ सिरिज र स्मार्टब्याण्ड ६ सार्वजनिक गर्ने भएकाे हाे ।

मि ११ सिरिजमा तीन वटा नयाँ स्मार्टफोन सार्वजनिक हुनसक्ने बताइएको छ । यसमा एमआई ११ लाइट, एमआई ११ प्रो र एमआई ११ अल्ट्रा रहेका छन् । यसअघि नै कम्पनीले चीन र युराेपेली बजारका मि ११ (रेगुलर) सार्वजनिक गरिसकेकाे छ । अन्य तीन माेडल साेमबार सार्वजनिक गर्ने तयारी कम्पनीले गरेकाे हाे ।

यीमध्ये अल्ट्रा माेडलमा एन्ड्राेइड ११, स्न्यापड्रागन ६.८ इन्चकाे कर्भ्ड ओएलईडी डिस्प्ले, १२० हर्जकाे रिफ्रेस रेट, स्न्यापड्रागन ८८८ चिपसेट, १२ जीबी र्‍याम र ५ हजार एमएएचकाे ब्याट्री रहेकाे बताइएकाे छ ।

स्मार्टफाेनकाे ब्याट्रीमा ६७ वाट वायर्ड चार्जिङ, ६७ वायरलेस चार्जिङ, १० वाटकाे रिभर्स चार्जिङ हुने अनुमान गरिएकाे छ, जुन यसकाे आकर्षक विशेषताको रुपमा रहेको छ । त्यस्तै धुलाे र पानीबाट जाेगाउन आईपी६८ प्रविधि प्रयोग गरिएको छ ।

त्यस्तै याे फाेनमा ५० मेगापिक्सेल, ४८ मेगापिक्सेल र ४८ मेगापिक्सेल गरी तीनवटा रियर क्यामेरा रहेकाे छ । सेल्फीका लागि २० मेगापिक्सेलकाे क्यामेरा सेटअप छ ।

Xiaomi teases the Mi 11 Ultra with revolutionary cooling design

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१