close

यो ईमोजी के हो अनि कस्तो बेला प्रयोग गर्ने ?

टेकपाना टेकपाना

चैत १५, २०७७ १८:२२

यो ईमोजी के हो अनि कस्तो बेला प्रयोग गर्ने ?

काठमाडौं । यो दैनिक लाखौं प्रयोगकर्ताले प्रयोग गर्ने ईमोजी हो । यो नमस्ते हो कि हाई फाइभ हो भन्नेमा केही समयअघि सामाजिक सञ्जालमा राम्रै चर्चा चलेको थियो ।

धेरै प्रयोगकर्ता अझै पनि यो ईमोजीको विषयलाई लिएर दुविधा वा भ्रममा रहेको पाइन्छ । इमोजीको वास्तविक अर्थ थाहा नपाउँदा कहिले काहिँ त्यसबाट तपाईंलाई नराम्रो असर पर्नसक्ने जोखिम पनि हुन्छ ।

उदाहरणको लागि यही ईमोजीलाई लिएर हेरौं । हाइ फाइभ एउटा खुशियाली अथवा उत्सव जनाउने संकेत हो भने फोल्डेड ह्याण्डस् भावनात्मकता जनाउने ।

मानौं कसैको मृत्युमा हार्दिक श्रद्धाञ्जली लेख्दा कसैले यो ईमोजी प्रयोग गर्न सक्नुहुन्छ । तर तपाईंले यसलाई हाई फाइभको रुपमा बुझ्नु भएको छ भने पक्कै पनि तपाईंलाई उक्त व्यक्तिप्रति नराम्रो धारणा बन्नेछ ।

यद्यपी गुगलमा हाई फाइभ ईमोजी सर्च गर्नुहोस् वा नमस्ते, रिजल्ट एउटै आउँछ । आखिर यो नमस्ते ईमोजी हो वा हाई फाइभ ? वास्तवमा यो ईमोजी नमस्ते वा प्रार्थनालाई जनाउनकै लागि बनाइएको हो ।

हाई फाइभ हुनका लागि दुई फरक व्यक्तिले हात जुधाउनुपर्ने हुन्छ । त्यस्तोमा एउटा व्यक्तिले लगाएको लुगा अर्को व्यक्तिकै जस्तो हुने कुरा असम्भव जस्तै हुन्छ ।

हाई फाइभ इमोजीमा भएका दुई वटै हातसँगै देखिने पहिरनको प्रकार र रङ्ग एउटै हुनुले यो ईमोजी हाई फाइभ नभएर नमस्ते नै भएको पुष्टी हुन्छ । ईमोजीपेडियाका अनुसार यो ईमोजी हाइ फाइभ नभएर एउटै व्यक्तिका दुई वटा हात जोडिएको अवस्था भएको स्पष्ट छ ।

(ईमोजीपेडियाको परिभाषा हेर्न यहाँ क्लिक गर्नुहोस्) यो ईमोजी तपाईंले भावनात्मकता दर्शाउन अथवा धन्यवाद, नमस्ते, प्रणाम, कृतज्ञता आदि जनाउन प्रयोग गर्न सक्नुहुन्छ । यो ईमोजी जापानी संस्कृति अनुरुप तयार पारिएको इमोजी पेडियाले जनाएको छ ।

सन् २०१० मा युनिकोडको ६.० भर्सनको हिस्साको रुपमा यो ईमोजीले मान्यता पाएको थियो । जसको नाम ‘फोल्डेड ह्याण्ड्स’ अर्थात हात जोडिएको भन्ने हो । यहाँनिर एउटा रोचक कुरा के छ भने हाई फाइभ नाममा अहिलेसम्म कुनै आधिकारिक ईमोजी बनेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१