close

३० दिनसम्म पानीमा डुब्दा समेत बिग्रेन आईफोन !

टेकपाना टेकपाना

चैत १५, २०७७ १९:३७

३० दिनसम्म पानीमा डुब्दा समेत बिग्रेन आईफोन !

काठमाडौं । एकछिन सोच्नुहोस् त तपाईंको स्मार्टफोन पानीमा खसेको कयौं दिनपछि भेटियो भने के होला ? पक्कै पनि तपाईंको स्मार्टफोनले काम गर्नेछैन । क्यानडाकी एञ्जी करियरे नामक युवती यस्तै घटनाको सामना गर्न पुगिन् ।

नाइन टु फाइभ म्याकका अनुसार एउटा तलाउमा माछा मार्नेक्रममा दुर्घटनावस उनको आईफोन इलाभेन पानीमा खस्यो । उनले सोचेकी थिइन् अब फोन पूर्ण रुपमा काम नलाग्ने भइसक्यो ।

तर जब उनले आफ्नो फोन चार्जिङमा लगाइन्, तब उनको खुशीको सीमा नै रहेन । आईफोन मजासँग चार्ज भइरहेको थियो र फोनका सबै फंसन काम गरिरहेका थिए ।

एञ्जी करियरेले आफ्नो फोन हराएपछि फेला पर्ने आश मारिसकेकी थिइन् । उनको यात्राका सबै तस्वीर त्यही फोनमा सेभ थिए । ती तस्वीर गुमाउँदा उनी निकै तनावमा थिइन् ।

तर उनको भाग्यमाा सायद अरु नै केही लेखिएको थियो । एञ्जी करियरेले आफ्ना केही साथीहरुसँग सम्पर्क गरिन् ।

त्यसपछि उनीहरुले एउटा शक्तिशाली चुम्बकको व्यवस्था गरेर तलाउमा खसाले, जहाँ स्मार्टफोन खसेको थियो । चुम्बकसँगै आईफोन इलाभेन फर्किएर आयो ।

करिब एक महिनासम्म पानीमा डुबिरहँदा समेत आईफोनको भित्री मसिनरीले राम्रैसँग काम गरिरहेको थियो । करियरेको भनाइमा यति दिनपछि स्मार्टफोन पानीबाट बाहिर निस्किनु र त्यसपछि पनि पहिले जस्तै चल्नु उनका लागि कुनै चमत्कारभन्दा कम थिएन ।

आईफोन इलाभेन प्रो बनाउने कम्पनी एप्पलको भनाइमा यो फोन आईपी ६८ वाटरप्रुफ रेटिङयुक्त हो । कम्पनीले यो फोन वाटरप्रुफ भए पनि ग्राहकलाई जानी जानी पानीमा नडुबाउन सुझाव दिँदै आएको छ । यसो गर्दा फोनभित्रका मसिनरीमा क्षति पुग्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१