close

‘फेक सिस्टम अपडेट’मार्फत एन्ड्रोइड फोन हाइज्याक गर्दै ह्याकर

टेकपाना टेकपाना

चैत १६, २०७७ १६:१०

‘फेक सिस्टम अपडेट’मार्फत एन्ड्रोइड फोन हाइज्याक गर्दै ह्याकर

काठमाडौं । यदि तपाईं एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ भने यो जानकारी तपाईंको लागि निकै महत्वपूर्ण छ । सेक्युरिटी अनुसन्धानकर्ताहरुले एन्ड्रोइड फोनमा मास्कर्ङिग नामक माल्वयर फेला पारेका छन् ।

जुन हालसम्मकै घातक रहेको उल्लेख गरिएको छ । मोबाइलको सिस्टम अपडेटको रुपमा फोनमा घुस्नु त्यसको मूख्य कारण हो ।

सामान्य प्रयोगकर्ताले यो विषयमा कुनै जानकारी बिना नै एन्ड्रोइडको अपडेट उपलब्ध भएको ठानेर सिस्टम उपडेट गरिरहेका छन् । जसले गर्दा पत्ता लगाउन समेत समस्या परिरहेको छ ।

जब यो एक पटक इन्स्टल हुन्छ, तब माल्वयरले तपाईंको स्मार्टफोनलाई पूर्ण रुपमा नियन्त्रण गर्ने जनाइएको छ । यसले फोनमा भएको डेटामात्रै नभएर तपाईंको म्यासेज, फोटो लगायतमा पनि पहुँच राख्न सक्छ ।

अनुसन्धानकर्ताका अनुसार एक पटक यो मोबाइलमा इन्स्टल भएसँगै ह्याकरले तपाईंको फोनकल, अडियो, भिडियो कल, ह्वाट्सएपको म्यासेज, म्यासेज, ब्राउजरको सर्च हिस्ट्री र नोटिफिकेसनमा समेत नियन्त्रण बनाउन सक्छ ।

त्यस्तै तपाईंको मोबाइलमा भएका एप, तस्वीर, भिडियो, जीपीएस लोकेसन, फोन कन्ट्याक्ट लगायतका कुरामा पनि सहजै पुहँच राख्न सक्छ ।

एजेन्सी ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३