close

अनलाइन क्लासबाट अनलाइन स्कुलमा अघि बढेको प्रिमियर स्कुल

टेकपाना टेकपाना

चैत १७, २०७७ १७:५८

अनलाइन क्लासबाट अनलाइन स्कुलमा अघि बढेको प्रिमियर स्कुल

काठमाडौं । कोरोना महामारीले हरेक क्षेत्रलाई आहत दियो । शैक्षिक क्षेत्र यसबाट अछुतो रहने कुरै भएन ।

परिणामस्वरुप सरकारले २०७७ सालको शैक्षिक शत्रलाई नै दुई महिनापछि सारेको छ । तर, खुमलटारस्थित प्रिमियर स्कुलले भने समयमै पाठ्यक्रम पुरा  गर्‍यो । प्रविधिको प्रयोगमा पोख्त भएकै कारण यो सबै सम्भव भएको थियो ।

समाधान नहुने समस्याहरु थोरै हुन्छन्। २०७२ सालको भूकम्पसँगै थुप्रै समस्याहरु आए । त्यस लगत्तै मुलुकले नाकाबन्दीको सामना गर्नुपर्‍यो ।

इन्धन अभावले गर्दा सवारीसाधन तथा आवागमन नै ठप्प हुने अवस्था आयो । पठनपाठनमा आइपरेको समस्या हल गर्न प्रिमियर स्कुलले त्यतिबेलै अनलाइन कक्षा सुरु गर्‍यो । जसलाई कोरोना महामारीको समयमा थप व्यवस्थित बनाइयो । र त विद्यालयको अध्ययन अध्यापन खासै प्रभावित हुन पाएन ।

अनलाइन कक्षा सञ्चालनको अनुभव पहिले नै बटुलेको यो विद्यालयले एक कदम अगाडि बढ्दै अनलाइन स्कुल चलाउने निधो गर्‍यो । विद्यार्थीहरुले प्रविधिको उपयोग गरेर घरबाटै आफ्नो सिकाइलाई निरन्तरता दिए । शिक्षक शिक्षिकाहरुले पाठ्यक्रममा समावेश भएका विषयबारे अनलाइनबाटै विद्यार्थीलाई पढाए ।

प्रविधिको महत्वलाई राम्रोसँग बुझेको विद्यालय नेतृत्वले प्रविधिमैत्री बन्न ठूलो लगानी गरेको छ । विद्यार्थीलाई प्रविधिबारे जानकार बनाउने हिसाबले प्रयोगात्मक क्रियाकलापको डिजाइन गरिएको छ । साथमा प्रविधिको प्रयोग गरेर विभिन्न समस्याको समाधान खोज्न पनि सिकाउने गरिन्छ ।

साना बालबालिकाहरु जान्नु र बुझ्नु पर्ने कुराहरु कम्प्युटरमा खोजीरहेका भेटिन्छन् ।

हामी स्कुलमा पुग्दा प्राथमिक तहका बालबालिकाहरु मोबाइल गेमको लतले पुर्‍याउने असरबारे अनुसन्धान गरिरहेका भेटिए । यस्ता गतिविधिले उनीहरुलाई निकै सचेत बनाइरहेको देखिन्थ्यो ।

माथिल्लो तहमा पढ्नेहरु म्याक ल्याबमा बसेर अनेक प्रविधिको परीक्षण गर्दै सिकिरहेका थिए । सफ्टवेयर डेभलपमेन्ट, वेभ पेज डिजाइनिङदेखि ग्राफिक्ससम्मका सीप उनीहरुले स्कुल स्तरमै सिक्न पाउँछन् ।

प्रविधिले मानिसलाई विस्थापित गर्न सक्दैन। तर प्रविधिबारे पोख्त मानिसले भने यसप्रति कम जानकारी भएकाहरुलाई अवश्य विस्थापित गर्ने निश्चित छ ।

यही सारलाई राम्रोसँग बुझेरै प्रविधि अँगालेर यो विद्यालय अघि बढिरहेको छ। विद्यार्थीलाई मोबाइल ग्याजेटहरुबाट अलग गरेर होइन, त्यसको सही सदुपयोग गर्न सिकाइन्छ । त्यसले निम्त्याउने नकारात्मक असरबारे बुझाइन्छ ।

अनुशासनलाई विद्यालय प्रशासनको शासन नभएर विद्यार्थीकै स्वविवेकमा आधारित संस्कृतिको रुपमा अभ्यास गरिन्छ ।

प्रिमियर प्रविधिको उपयोग गर्ने एउटा उदाहरण मात्र हो । जसलाई अन्य विद्यालयले समेत आत्मसाथ गरेर विद्यार्थीलाई प्रविधिमैत्री बनाउन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३