close

टिकटक कम्पनीको मूल्य नेपालको बजेटभन्दा २० गुणा बढी

टेकपाना टेकपाना

चैत १७, २०७७ १८:२१

टिकटक कम्पनीको मूल्य नेपालको बजेटभन्दा २० गुणा बढी

काठमाडौं । भिडियो शेयरिङ एप टिकटक पछिल्लो सयमा विश्व बजारमा रुचाइएको सामाजिक सञ्जाल हो । छोटो समयमा कम्पनीले ठूलो सफलता हात पारिसकेको छ । यस्तोमा कम्पनीको मूल्याकंन हरेक दिन करोडौंले बढिरहेको छ ।

यही क्रममा टिकटकको मुख्य कम्पनी बाइटडान्सको पछिल्लो बजार मूल्य सार्वजनिक भएको छ । प्राप्त जानकारी अनुसार सेकेण्डरी मार्केटमा टिकटकको मूल्यांकन २ सय ५० बिलियन डलर पुगेको छ । अर्थात बाइटडान्सको मूल्य मंगलबारको विनिमय दरअनुसार २८९ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ ।

जुन नेपालको कुल बजेटभन्दा २० गुणा बढी हो । चालू आवका लागि नेपालको कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

यसअघि कम्पनीले व्यवसाय विस्तार गर्नका लागि थप लगानी भित्र्याउँदा कम्पनीको मूल्यांकन १ सय ४० बिलियन डलर गरिएको थियो ।

कम्पनीले हालसम्म आईपीओ जारी गरेको छैन । यस्तोमा यति छोटो अवधिमा कम्पनीको मूल्याङ्कन कसरी बढ्यो भन्ने विषय रहन्छ । यसको कारण केही समय अघिमात्रै कम्पनीका संस्थापकले सर्वसाधारणमा आईपीओ जारी गर्ने भनी जानकारी दिएका थिए ।

जसको असर कम्पनीको मूल्याङ्कनमा उल्लेख्य वृद्धि भएको जनाइएको छ । योसँगै बाइटडान्सको मूल्याङ्कन एक्सन मोबी क्रप तथा कोकाकोला कम्पनीभन्दा बढी भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३