close

आईफोनमा तत्काल अपरेटिङ सिस्टम अपडेट गर्न एप्पलको आग्रह

टेकपाना टेकपाना

चैत १७, २०७७ १८:४५

आईफोनमा तत्काल अपरेटिङ सिस्टम अपडेट गर्न एप्पलको आग्रह

काठमाडौं । आईफोन, आईप्याड र एप्पल वाचमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि एप्पलले प्रयोगकर्ताहरुलाई तत्काल आफ्नो उपकरण अपडेट गर्न आह्वान गरेको छ ।

हालै एप्पलले यी सुरक्षा कमजोरीलाई सम्बोधन गर्न आईओएस १४.४.२  र वाच ओएस ७.३.३ सुरक्षा प्याच अपडेट गरेको छ ।

एप्पलका ती डिभाइसहरुमा फेला परेको सुरक्षा कमजोरीले विभिन्न मेलिसियस वेबसाइटलाई क्रस साइट स्क्रिप्टिङमा इङगेज हुने अनुमति दिएको थियो, जसबाट अन्य एप र संवेदनशील डेटामा एक्सेस गर्न सकिन्थ्यो ।

एप्पलले आफ्नो सेक्युरिटी सपोर्ट डकुमेन्टमा उक्त कमजोरीलाई सक्रियरुपमा एक्सप्लोइट गरेको समेत उल्लेख गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३