close

यूआई २.० मा आधारित आधुनिक स्मार्टफोन ल्याउँदै रियलमी

टेकपाना टेकपाना

चैत १७, २०७७ २०:४

यूआई २.० मा आधारित आधुनिक स्मार्टफोन ल्याउँदै रियलमी

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले यूआई २.० मा आधारित ‘जेड’ जेनेरेसनको एन्ड्रोइड फोन बजारमा ल्याउने भएकाे छ । विश्वमा छोटो समयमा बजार विस्तार गरिरहेको रियलमीले गत वर्ष यूआई २.० सार्वजनिक गरेकाे थियाे ।

ट्रेन्डसेटिङ मोबाइल फोनका रुपमा ‘जेड’ जेनेरेशन उपकरणले अधिक प्रतिकृया पाएकाे कम्पनीले जनाएको छ । त्यसैलाई मध्यनजर गरी कम्पनीले युवा वर्गको मागलाई सम्बोधन गर्दै प्रविधिमा सामाजिकीकरण, सक्षम र प्रोत्साहन प्रदान गर्न एन्ड्रोइड ११ रन हुने नयाँ रियलमी फोनहरुमा नयाँ यूआई ल्याउन लागेको हो ।

नयाँ फाेनमा गुणस्तरीय क्यामेरा, ए क्लास प्रोसेसर, शक्तिशाली ब्याट्री क्षमता, आकर्षक डिजाइन, शक्तिशाली डिस्प्लेका साथ एक्स फाइभ प्रो फाइभजी डिभाइसका लागि कम्पनीले अनुमति पाएको छ । जुन ओएसको प्रारम्भिक संस्करणमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३