close

७००० एमएएच ब्याट्री र ८ जीबी र्‍याम सहित नेपालमा सार्वजनिक हुँदै ग्यालेक्सी एम६२

टेकपाना टेकपाना

चैत १८, २०७७ ११:२

७००० एमएएच ब्याट्री र ८ जीबी र्‍याम सहित नेपालमा सार्वजनिक हुँदै ग्यालेक्सी एम६२

काठमाडौं । सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एम६२ शक्तिशाली ब्याट्री क्षमताका साथमा आउँदो हप्ता नेपाली बजारमा उपलब्ध हुने कम्पनी स्राेतले जानकारी दिएकाे छ ।

सामसङ एक्सिनस ९ अक्टा ९८२५ चिपसेटद्धारा सञ्चालित याे फाेनमा शक्तिशाली ७००० एमएएच ब्याट्री रहेकाे छ, जसमा २५ वाटको चार्जर, सी पोर्ट यूएसबी र ३.५ एमएम हेडफोन ज्याक रहेकाे छ ।

कम्पनीका अनुसार एकपटक फुल चार्ज गरेपछि न्यूनतम ५० घण्टासम्म ब्याट्री टिक्छ ।

६.७ इन्चकाे एमाेलेड प्लस डिस्प्ले रहेकाे याे फाेनमा ३९३पीपीआई पिक्सेल डेन्सिटी रहेको छ । फाेनकाे पछाडि क्वाड क्यामेरा सेटअप रहेकाे छ, जसमा मुख्य क्यामेरा ६४ मेगापिक्सेलकाे छ । त्यस्तै ३२ मेगापिक्सेलकाे सेल्फी शुटर रहेकाे छ ।

याे फाेनकाे इन्टर्नल स्टाेरेज १२८ जीबी रहेकाे छ, जसलाई १ टीबीसम्म एक्स्पान्ड गर्न सकिन्छ । याे फाेन ६ जीबी र्‍याम र ८ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुने जनाइएकाे छ ।

मूल्यकाे कुरा गर्दा याे फाेन किफायती मूल्यमै उपलब्ध हुने दाबी गरिएपनि स्पष्ट रूपमा केही खुलाइएकाे छैन । तर ३७ देखि ४२ हजार रूपैयाँकाे बीचमा नेपाली बजारमा भित्रिन सक्ने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३