close

सिस्टम अपडेटपछि मेरो शेयरको सेवा सुचारु

टेकपाना टेकपाना

चैत १८, २०७७ १४:५

सिस्टम अपडेटपछि मेरो शेयरको सेवा सुचारु

काठमाडौं । मेरो शेयरको सेवा सुचारू भएको छ । सिस्टम अपडेटका कारण मंगलबार साँझ ८ बजेदेखि मेराे शेयरकाे सेवा अवरुद्ध भएको थियाे ।

सेवाग्राहीको चाप बढेर प्राविधिक समस्या देखापरेको भन्दै सीडीएस क्लियरिङ लिमिटेडले सेवा अवरुद्ध गरी आकस्मिक रूपमा २ वटा सर्भर जडान र डेटा माइग्रेसनकाे काम थालेकाे थियाे ।

शेयर लगानीकर्ताकाे संख्या ह्वात्तै बढ्दा मेराे शेयर पाेर्टलले चाप धान्न हम्मे परिरहेकाे छ । अब भने सिस्टममा बढी ट्राफिक हुँदा सेवा प्रभावित नहुने सीडीएससीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३