close

एटीएम ह्याक गरेर पैसा चोर्न खोज्ने चिनियाँ नागरिक पक्राउ

टेकपाना टेकपाना

चैत १८, २०७७ १५:५८

एटीएम ह्याक गरेर पैसा चोर्न खोज्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौं । मेगा बैंकको एटीएम बुथ ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई मंगलबार साँझ ज्याठास्थित होटल मेन्टिसको कोठा नम्बर ४०५ बाट पक्राउ गरेको हो । 

उनको कोठाबाट १० थान एटीएम, पासपोर्ट, इन्टरनेट कनेक्टर, पेनड्राइभ, गाेप्य क्यामरा, ड्रिल मेसिन, चिनियाँ मुद्रा, अमेरिकी डलर र नेपाली रुपैयाँ बरामद गरिएकाे महानगरीय परिसर प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए । ।

परिसर प्रमुख सिंहका अनुसार सिआओलङले दरबारमार्गस्थित मेगा बैंकको एटीएम मसिनको कीबोर्ड पिन नम्बर ह्याक गरी पैसा निकाल्न खोजेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३