close

स्मार्टफोन निर्माता साओमीले अब विद्युतीय कार बनाउने

टेकपाना टेकपाना

चैत १८, २०७७ १७:५१

स्मार्टफोन निर्माता साओमीले अब विद्युतीय कार बनाउने

काठमाडौं । साओमी अन्ततः आधिकारिक रुपमै विद्युतीय कार निर्माण व्यवसायमा प्रवेश गरेको छ । कम्पनीले विद्युतीय बहान व्यवसायमा अबको १० वर्षमा १० अर्ब डलर लगानी गर्ने घोषणा गरेको हो ।

यसबीच कम्पनीले आफ्नो नयाँ विद्युतीय बहानको लागि कर्पोरेट लोगो पनि सार्वजनिक गरेको छ । साओमीले आफ्नो नयाँ लोगो मुसासिनो आर्ट यूनिभर्सिटीका प्राध्यापक तथा निप्पोन डिजाइन सेन्टर (एनडीसी) का अध्यक्ष केन्या हाराले डिजाइन गरेको बताएको छ ।

Smartphone maker Xiaomi reportedly plans to make electric cars - Roadshow

वर्गाकार आकारभित्र एमआई लेखेर लाेगाे रिडिजाइन गरिएको छ । यसमा सुन्तला रङ्ग राखिएको छ । उक्त लोगोले कम्पनीको ‘लाइभलीनेस’ र ‘युथफुलनेस’ लाई जनाउने कम्पनीले उल्लेख गरेकाे छ ।

साओमीका संस्थापक अध्यक्ष एवं सीईओ लेई जूनले उक्त विद्युतिय बहानको व्यवसाय साओमीको एउटा सहायक कम्पनीअन्तर्गत हुने बताएका छन् । सीईओ लेईले नै विद्युतीय बहान व्यवसायलाई नेतृत्व गर्ने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३