close

निःशुल्क व्यवसायिक तथा सीपमूलक कोर्ष उपलब्ध गराउँदै स्कलर स्पेस

टेकपाना टेकपाना

चैत १८, २०७७ १९:९

निःशुल्क व्यवसायिक तथा सीपमूलक कोर्ष उपलब्ध गराउँदै स्कलर स्पेस

काठमाडौं । व्यवसायिक तथा सीपमूलक सिकाइका लागि स्कलर स्पेसले आफ्नो प्लेटफर्ममा नयाँ कोर्षहरु थप गरेको छ ।

स्कलर स्पेसले डिजाइन, इलुस्ट्रेसन, एनालिसिस, डेभलपमेन्ट, म्युजिक, अफिस प्रडक्टिभिटी, गुगल प्रडक्टिभिटी, भिडियोग्राफी तथा एडिटिङ र लाइफ स्किललगायतका विधामा काेर्ष थप गरेको हो ।

स्कलर स्पेसले नयाँ वर्ष २०७८ को सुरुवातसम्ममा विभिन्न ९ विधामा २० भन्दा धेरै कोर्षहरू ल्याउने योजना बनाएको सीईओ रोहित सेन्चुरीले बताए । नयाँ वर्षको सुरुवातमा देशभरका लर्नरहरुले यी कोर्सहरु पढ्नसक्ने उनले बताए ।

स्कलर स्पेसले आफ्नो प्लेटफर्ममा, फोटोशप, इलुस्ट्रेटर, क्यान्भा, इपानेट, फ्लटर फर एप डेभलपमेन्ट, एमएस वर्ड, एमएस एक्सेल, पावरपोइन्ट, गुगल डक्स, स्लाइड, फर्म्स, युट्युव, प्रिमियर प्रो, वन्डर शेयरलगायत अन्य व्यवसायिक तथा सीपमूलक कोर्ष ल्याउने बताए ।

यी कोर्षहरुले डिजिटल विश्वमा व्यवसायिक करियर बनाउन चाहनेहरुलाई सहयोग गर्ने सेन्चुरीको विश्वास छ । 

२०७८ को पहिलो दुई महिनाभित्र भर्ना गरिसक्ने लर्नरहरुलाई स्कलर स्पेसले निःशुल्क टेक्नोलोजी कोर्ष प्रदान गर्नुका साथै अरु महिनामा ८० प्रतिशतसम्म छुट दिने बताएको छ । 

याे पनि पढ्नुहाेस् : ई-लर्निङका लागि नेपाली युवाले बनाए सामाजिक सञ्जाल ‘स्कलर्स स्पेस’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३