close

सामाजिक सञ्जालको विगत, वर्तमान र भविष्य

किरण तिम्सिना किरण तिम्सिना

चैत १८, २०७७ २१:३६

सामाजिक सञ्जालको विगत, वर्तमान र भविष्य

मैले सुरुवाती समयमा प्रयोग गर्ने सामाजिक सञ्जालमा याहू म्यासेन्जर च्याट रुम थियो । त्यसमा मैले देशबाहिरका थुप्रै साथीहरु भेटेँ । म उनीहरुसँग कुरा गर्थेँ । हामी आफू र आफ्नो देशको बारेमा एक अर्कोलाई बताउँथ्यौं । 

जब मेरो कलेजको पढाइ सुरु हुँदै थियो, मैले मेराे शिक्षकलाई मिडियाहरु निरन्तर उद्विकास भइरहेको कुरा बताएको थिएँ । त्यो माइक्रोब्लगिङको युग थियो । जुन फोटो ब्लगिङदेखि भिडियो ब्लगिङको रुपमा विकास भइरहेको थियो । 

त्यतिखेरका ब्लगहरु निकै रोचक चिज हुने गर्थे । वर्डप्रेस नयाँ थियो । जसले निःशुल्क ब्लग साइटहरु अफर गर्दै थियो । ब्लगस्पोट त्यसको प्रतिस्पर्धी थियो ।

तीमध्ये मलाई सबैभन्दा राम्रो ‘हाई फाइभ’ लाग्थ्यो । तर त्यो चाहिँ समय अगावै आएको थियो ।  हाई फाइभका लागि विश्व तयार भएको थिएन । पश्चिमा सभ्यतामा ‘माई स्पेस एउटा’ दिग्गज सामाजिक सञ्जालको रुपमा स्थापित थियो ।

जसले नयाँ सेलिब्रेटी उत्पादन गर्दै कालकार र रकस्टारहरुलाई सशक्त बनाउँदै थियो । त्यो सिर्जनशील अभिव्यक्ति र लेखाइको युग भएका कारण ब्लगमा आफूलाई अभिव्यक्त गर्न पाउँदा कवि र लेखकहरु आफूलाई शक्तिशाली ठान्दथे ।

ब्लगहरुमा नै मानिसहरुले आफूभित्र लुकेका प्रतिभा उजागर भएको देख्थे । सन् २००६ देखि फेसबुक सबैका लागि खुल्ला भयो । छोटो समयमै फेसबुकले विश्वभरबाट १० करोडभन्दा धेरैको ध्यानाकर्षण गर्‍यो ।

अहिलेसम्म आइपुग्दा यसले सबै कुरालाई पछाडि छोडिसकेको छ । फेसबुक केही विषयमा लेख्न र छलफल गर्नका लागि बनाइएको एउटा प्लेटफर्म थियो । त्यसैबीच फेसबुकले माइक्रोब्लगिङको मैदानमा पनि विजय हाँसिल गरिसकेको थियो । 

तर विश्व अक्षरदेखि तस्वीरतर्फ अगाडि बढ्दै थियो । जुन भविष्यमा अर्को ठूलो परिवर्तनको रुपमा स्थापित हुँदै थियो । तस्वीर अर्को ठूलो क्रान्तिको रुपमा देखिँदै गइरहेको अवस्थामा माइक्रोब्लगिङ फोटो ब्लगिङमा स्थानान्तरण हुँदै थियो ।

जुन कुरा फेसबुकले इन्स्टाग्रामभन्दा थोरै ढिलो भए पनि महसुस गर्‍यो । सन् २०११ सम्म आइपुग्दा इन्टरनेटमा अपलोड भएका तस्वीरहरुमध्ये त्यतिखेरसम्मकै सबैभन्दा धेरै तस्वीर फेसबुकमा अपलोड भइसकेका थिए ।

गुगल फोटोजलाई जोगाउने लोभमा गुगलकै कारण पिकासा जस्ता प्लेटफर्महरु पनि नासिसकेका थिए । फाइभ हन्ड्रेड पिएक्स सायद कहिल्यै यो स्तरसम्म आइपुग्ने थिएन । फोटोग्राफरहरुको कला उनीहरुभित्रै सीमित भएर रहन्थ्यो होला । अनि प्लेटफर्मले आफ्नो आकर्षण गुमाउँथ्यो होला । 

फ्लिकर सन् २००४ मा आएको वास्तविक नवप्रवर्तित स्टार्टअप थियो । जसले भविष्य पनि देखेको थियो । तर सन् २००५ मा प्रविधिको दिग्गज कम्पनी याहूले त्यसलाई अधिग्रहण गरेर एउटा नवप्रवर्तनकै घाँटी निमोठिदियो ।

फ्लिकरको लागि भविष्य नै अन्धकारमय बन्यो । याहू आफैंमा असफल कम्पनी भएका कारण यसको असर फ्लिकरमा पनि नराम्रोसँग पर्‍यो । आजसम्म पनि फ्लिकर एकदेखि अर्कोमा स्थानान्तरण भइरहेको छ ।

फ्लिकर आज पनि जीवित छ । तर कति समयसम्म जीवित हुन्छ भन्ने मूख्य प्रश्न हो । नवप्रवर्तनको समानान्तर विश्वमा इन्स्टाग्रामले पनि नयाँ पुस्ताले चाहेको काम गरिरहेको थियो । त्यसबेलाका सम्भावित प्रतिस्पर्धीको तुलनामा उसले धेरै राम्रो काम गरिरहेको थियो ।

सन् २०१० को अक्टोबरमा ठूलै तहल्का मच्चाउँदै इन्स्टाग्राम सार्वजनिक भयो । मात्र दुई महिनामा यसले दशौं लाख प्रयोगकर्ता पुर्‍याएको थियो । यसको गति रोकिने कुनै छाँटकाँट थिएन ।

माइक्रोब्लगिङ र फोटोब्लिगिङको फरक अवधारणा बोकेर विश्वलाई नै पछि पार्ने यात्रामा इन्स्टाग्राम उत्रिएको थियो । त्यस बखतसम्म मानव सभ्यता अब टेक्स्ट ब्लगिङबाट फोटो ब्लगिङमा स्थानान्तरण भइसकेको स्पष्ट थियो ।

फेसबुक पनि आधुनिक प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न निकै संघर्ष गरिरहेको थियो । तर ऊ अझै पनि सक्षम भइसकेको थिएन । यसको कारण स्पष्ट थियो ।

फोटो ब्लगिङका लागि फेसबुकको नभएर इन्स्टाग्रामको इन्जिनियरिङ भएको थियो ।  तर त्यसबेलासम्म फेसबुक यति ठूलो भइसकेको थियो कि, उसले प्रतिस्पर्धाको साटो इन्स्टाग्रामलाई नै अधिग्रहण गर्न सक्थ्यो । अन्ततः सन् २०१२ मा फेसबुकले अर्बौं डलरमा इन्स्टाग्राम खरिद गर्‍यो । 

वास्तवमा चिजवस्तु र दृश्यहरु परिवर्तन हुन दशकौंको समय लाग्छ । तर माथिका समय तालिकालाई तपाईंले हेर्नुभयो भने परिदृश्य पूर्णरुपमा फरक पाउनु हुनेछ । इन्टरनेटको क्षेत्रमा ठूलो परिवर्तन आएको छ । यसको गति पहिलेभन्दा सयौं गुणाले बढेको छ ।

जसले ठूला मल्टिमिडियाको अनुभवलाई थप सजिलो र छिटो बनाइदिएको छ । समय भिडियोको थियो । समय अनुकूल हुनु अगावै युट्युवले भिडियो स्ट्रिमिङ सुरु गर्‍यो । सन् २००५ को प्रेम दिवसको दिन भिडियो डेटिङ साइटको रुपमा युट्युवको जन्म भएको थियो ।

जसको ट्यागलाईन ‘ट्युन इन, हूक अप’ थियो । मैले भनिसकेँ, मानिसले युट्युव एउटा गेम हो भनेर थाहा पाउन निकै समय लाग्यो । यदि उनीहरुले एक दशकपछि मात्र सुरु गर्थे भने उनीहरु तत्काल लोकप्रिय हुनसक्थे ।

तर उनीहरुले केही समय चाँडै सुरु गरे । त्यसैले उक्त भिडियो डेटिङ प्लेटफर्म असफल बन्यो । सार्वजनिक भएको २० महिना पुग्दैगर्दा सन् २००६ मा गुगलले एक अर्ब ६५ करोड डलरमा युट्युव अधिग्रहण गर्‍यो । 

गुगल र फेसबुकको वर्चस्व यसरी दशकौंसम्म रह्यो । यी दुई कम्पनी दुर्भाग्यपूर्ण तरिकाले यसरी अगाडि बढिदिँदा नवप्रवर्तित प्रतिस्पर्धी कम्पनीहरु ठूलो हुन नपाएर त्यसै मासिन्थे अथवा अधिग्रहण हुनपुग्थे ।

व्यापक रुपमा डेटा एनालिसिस र गोपनीयता भङ्ग गर्दै यी ठूला कम्पनीहरुले डेटा संकलन गरी कुन एप वा वेबसाइट तत्कालको समयमा अघि बढ्दै गइरहेको छ भनेर थाहा पाउन सक्थे । यसरी आफूहरुसँग प्रतिस्पर्धा गर्न सक्षम हुनु अघि नै उनीहरु त्यसलाई अधिग्रहण गरिदिन्थे । 

तर यो नै सबै कुरा थिएन ।  पूर्वी विश्वले ढिलो सुरुवात गर्‍यो । तर पश्चिमको तुलनामा केही महत्वपूर्ण संभावनाहरु थिए । पूर्वी जगत अलग थियो र पश्चिमाबाट थोरै मात्र प्रभावित हुन पुगेको थियो । प्रयोगकर्ता संख्याको तहमा प्रतिस्पर्धा गर्नका लागि पूर्वमा धेरै जनसंख्या थियो ।

अमेरिकी कम्पनी म्युजिकल्लीलाई चिनियाँ कम्पनी कम्पनी बाइट ड्यान्सले अधिग्रहण गर्‍यो । यसले गर्दा पश्चिमतिर ढल्किएको शक्तिमा सन्तुलन कायम भयो । अहिलेको टिकटक अर्थात् पहिलेको म्युजिकल्ली अहिले पश्चिमा जगतका लागि निकै ठूलो खतरा बनेको छ ।

जसले पश्चिमा जगतका सबै युवा वर्गहरुलाई आफैंमा समेटेको छ । यसले पुराना सोसल मिडिया फेसबुक, फोटो ब्लगिङ साइट इन्स्टाग्राम र भिडियो शेयरिङ प्लेटफर्म युट्युव सबैलाई चुनौती दिएको छ । 

अब पूर्वसँग पनि एउटा यस्तो ठूलो खतरानाक प्रतिस्पर्धी छ, जुन पश्चिमासँग डराउँदैन । यो यति ठूलो भएको छ कि न त यसलाई पश्चिमले अधिग्रहण गर्न सक्छ, न त मार्न नै ।

यस्तै पूर्वको कुरा गर्दा टेलिग्रामका संस्थापक (जो पूर्वका मार्क जुगरबर्ग भनेर परिचित छन्) अहिले नवप्रवर्तनको माध्यमबाट पश्चिमा दिग्गज कम्पनी ह्वाट्सएपलाई सिध्याउने बाटोमा छन् । टेलिग्रामको सर्भर अहिले पश्चिमको शिकारी आखाँभन्दा टाटा छ । 

यसले च्याटबाटै दुई जीबीसम्मको फाइल ट्रान्सफर गर्न अनुमति दिन्छ । जसमा कतिवटा फाइल सेन्ड भए र कति सेभ छन् भन्ने कुरामा कुनै सीमितता छैन । जब कि गुगल अझै पनि (ड्राइभ र मेलमा) संयुक्त रुपमा १५ जीबीको लिमिटेसनसहित अध्याँरो युगमा नै छ ।

टेलिग्राम अहिले म्यासेजिङको बजारमा प्रतिस्पर्धा गरिरहेको छैन, बरु ऊ फाइल शेयरिङ, फाइल स्टोरेजमा प्रतिस्पर्धा गर्दैछ । ऊसँग अहिले विश्वकै सबैभन्दा एक्सप्रेसिभ (भावपूर्ण तथा अभिव्यक्तिपूर्ण) ईमोजी ‘ह्याण्ड्स डाउन इमोजी’ पनि छ । 

केही कुरा छुटेको हुनसक्छ । तर धेर थोर हदसम्म समग्रमा यो सोसल मिडिया कसरी उद्विकास भयो र हुने क्रममा छ भन्ने कुराको यो एउटा झलक हो ।  

यदि तपाईं सम्झिनुहुन्छ भने ब्लगिङ उद्योगमा- भ्वाइस वा साउण्ड मध्ये सबैभन्दा सम्भावित हस्तक्षेपकारी कुन हो भन्ने भविष्यवाणीलाई पूर्ण रुपमा बेवास्ता गरिएको थियो । यहाँ अन्य केही कुरा पनि एकदमै बेवास्ता गरिएको छ । त्यो भनेको सेक्स हो ।

जुन हाम्रो आधारभूत मानवीय आवश्यकताको विषय हो । तर व्यस्त दिनचर्याका कारण यसको अभाव सबैलाई खट्किन्छ । नयाँ विश्व ध्वनीतर्फ जाँदैछ । किन भने यो एकदमै कम घुसपैठ गर्न सकिने किसिमको छ । कम समय लिन्छ र तपाईंको गोपनीयता पनि भङ्ग गर्दैन । 

अबको नयाँ विश्वले मानवीय आवश्यकता र चाहानालाई डिजिटलरुपमै परिपूर्ति गर्नेछ । सेक्स र किनमेल सबैका महत्वपूर्ण रुचीका विषय हुन् । यी तीन एस (साउन्ड, सेक्स र शपिङ) चाँडै नै अब भिमकाय उद्योगको रुपमा विकास हुँदैछन् । 

तर तेस्रो एस अर्थात् शपिङ अहिलेका लागि हाम्रो परिवेशभन्दा बाहिर छ । त्यसैले आज म शपिङ उद्योग आफ्नो वास्तविक क्षमतामा पुग्नु अगावै कसरी भविष्यमा दशौं गुणा बढेर जाँदैछ भन्ने बारे लेख्दैछु ।

जब एलन मस्कले मंगल ग्रहका लागि रकेट बनाउँदै हुन्छन्, तबसम्म जेफ बेजोस मंगल ग्रहसम्म पैसाको सिँडी बनाइसक्ने छन् । बेजोस अहिले विश्वको पहिलो ट्रिलिनायर बन्ने बाटोमा छन् । पश्चिमाहरुका लागि टिण्डर लिडर थियो ।

सन् २०१७ मा बम्बल पनि परिदृश्यमा आयो । जताततै बलिया पाखुरा भएका मानिसहरु मात्र देखा पर्दा पहिलो महिला डेटिङ एप हुनु नै बम्बलको बलियो पक्ष थियो । बम्बलले महिलाहरुलाई धेरै शक्ति दियो र प्लेटफर्मलाई अझ धेरै सुरक्षित र सजिलो बनाइदियो ।

मात्र तीन वर्षमा यो बलियो प्रतिस्पर्धी बन्न पुग्यो । यस्तै पूर्वी जगतको कुरा गर्दा मोरोक्कोमा टान टान आयो । त्यसैगरी साइबेरियाली क्षेत्रमा बाडो आयो । यी सबैले आफ्नो क्षेत्रमा बलियो छाप छोडे ।

यी सबैको उदय तबमात्र भयो, जब सन् २०१८ मा सार्वजनिक भएको फेसबुक डेटिङले आफूलाई विश्वव्यापी रुपमा सार्वजनिक गरेर गति लिनुपर्नेमा त्यसलाई सीमित मुलुकहरुमा मात्र सार्वजनिक गर्‍यो ।

किनभने त्यसबेला निश्चित ठाउँमा मात्र मानिसहरुले डेट गर्छन् बाँकी ठाउँमा एरेन्ज म्यारिज गर्छन् भनेर फेसबुकले गलत बुझ्यो । यसैबाट बुझ्न सकिन्छ कि फेसबुक किन नवप्रवर्तन गर्न असक्षम छ र नवप्रवर्तित हुने नाममा अरुको आइडियालाई चोरी र कपी गर्ने गर्दछ ।

युट्युवले सन् २००५ को भ्यालेन्टाइनमा जे गर्न चाह्यो, त्यो दशकौंपछिको अर्को ठूलो कुरा थियो । यसले नवप्रवर्तन र उद्यमशीलतालाई लिएर एउटा तीतो सत्य हामीमाझ उजागर गर्‍यो । नवप्रवर्तन त्यतिखेर गर्नुहोस्, जतिखेर सही समय आउँछ ।

न त चाँडो, न त ढिलो । वास्तवमा यही कुराले आज विश्वभरका दर्जनौं स्टार्टअपहरुको सफलता र असफलताको कथालाई बुझाउँछ । अर्को एस भनेको चाहिँ सम्भवतः नयाँ हुनेछ । जुन चाँडै ठूलो धमाका लिएर आउने छ ।

त्यो हो, ‘साउण्ड’ । मैले इन्टरनेटमा गीतहरु छन् भनेर थाहा पाएदेखि एमपी थ्रीहरु अस्तित्वमा छन् । भ्वाइसले डेटा ब्याण्डविथ पनि एकदमै कम खपत गर्छ । दशकौंदेखि सस्तो इन्टरनेटमा पनि अडियो स्ट्रिमिङ राम्रै हुन्थ्यो । तर अहिले यो फेरी किन आयो त ?

वास्तवमा मानिसहरु आफ्नो समयको महत्वलाई लिएर एकदमै सचेत बन्दै गइरहेका छन् र यसलाई महत्व पनि त्यत्तिकै दिन्छन् । हामीलाई थाहा छ, समय कहिल्यै पनि फर्केर आउँदैन । तर यो हामीले जीवनमा सबैभन्दा धेरै बेवास्ता गरेको सम्पत्ति पनि हो ।

तर सौभाग्यवश हामीले अहिले यसलाई बुझेका छौं र जब हामीले समयलाई महत्व दिन सुरु गर्‍यौं, सबै खेल पनि विस्तार‍ै परिवर्तन हुँदैछ । साउण्डमा सुन्ने सेन्सको मात्र आवश्यकता पर्छ । न्युज फिड स्क्रोल गर्दा हेर्ने र छुने दुई ओटा सेन्स आवश्यक पर्दछन् ।

सोसल मिडियाले अटोप्ले मार्फत अझै त्यसलाई खराब बनाएको छ । जसमा अर्को सुन्ने सेन्सको पनि खाँचो पर्छ । यसले हाम्रो उपलब्धिमूलक समयमा नकरात्मक असर पुर्‍याइरहेको छ । यो सबै समयको कुरा हो ।

केही नयाँ आउँछ र विश्वलाई उछिन्दछ । त्यसैले साउण्डको जगतमा स्वागत छ । जहाँ अडियो पडकास्ट, ग्रुप टक्स, च्याटरुम र ह्वाटनट आदि नवप्रवर्तनको रुपमा रहेका छन् । 

एकछिन क्लबहाउससँग पनि परिचित हौं । यो एउटा नयाँ कूल एप हो । जसबारे एलन मस्क ट्वीट गर्नुका साथै प्रयोग पनि गर्छन् । एप्पलले पडकास्टलाई चर्चित त बनायो, तर यसमा उसले पर्याप्त समय दिएन र लाइभ अन्तरक्रियालाई खासै प्राथमिकता पनि दिएन ।

क्लब हाउस एप  अडियोको लाइभ अन्तरक्रियामा केन्द्रीत छ र यो तपाईंको एप्पल डिभाइसमा मिनिमाइज भएर सजिलै चल्छ । म साउथ पार्कको त्यो एउटा एपिसोड सम्झन्छु । जहाँ बच्चाहरुले इन्टरनेटमा केही जानकारी खोज्न चाहेका थिए ।

तर अन्त्यमा अरु नै काम गर्न पुगे । किनभने आजका सोसल मिडियाहरु त्यस्तै तरिकाले इन्जिनियरिङ भएका छन् । जसले तपाईंबाट अनेक जानकारीहरु चोरी गर्छन् र तपाईंको समय बिनाअर्थ क्लिक र स्क्रोलहरुमा लगानी गर्न बाध्य पार्छन् ।

आजको समयमा यस्ता कम्पनीहरुसँग कतिपय विशेष विभागहरु नै छन्, जसले तपाईंको मस्तिष्कलाई ह्याक गरेर डोपामाइन हर्मोन निकाल्न सक्ने सामग्री निर्माणमा आफूलाई केन्द्रीत गर्छन् । यीनले हाम्रो महत्वका कुराहरुलाई हामीबाट अलग्याएर अनावश्यक कुराहरुले हाम्रो मस्तिष्क भरिदिन्छन् । 

यति मात्र होइन, सोसल मिडियामा अनुत्पादक कुराहरुलाई हेर्दै स्क्रोल गर्दै समय बिताउने हाम्रो बानी यतिसम्म खराब भएको छ कl आज हामी हाम्रो अर्को डोपामाइनको डोजका लागि पनि यसैमा निर्भर छौं । यसले हामीलाई एउटा यस्तो खराब चक्रमा होमेर खराब लत बसालिदिएको छ ।

सबै सेन्स लगानी गरेर यसरी सोसल मिडियामा संलग्न हुँदा हाम्रा लागि केही पनि बाँकी बचेको छैन । क्लब हाउसले अहिलेको सोसल मिडियाको सबै अँध्यारो पक्षलाई छाडेर भविष्यको सोसल मिडिया कस्तो हुनुपर्छ भन्ने कुराको एउटा ताजा इन्साइट (सारवस्तु) प्रदान गरेको छ ।

यसमा हामीले एउटै मात्र इन्द्रीय कान प्रयोग गरे पुग्छ । हामी आफूलाई अर्थपूर्ण लाग्ने र मनपर्ने सामग्रीमा आफूलाई केन्द्रीत गराउन सक्छौं । 

समयलाई हामीले धेरै महत्व दिन थालिरहँदा परम्परागत मिडियाले क्लबहाउस जस्तो आधुनिक मिनिमल सोसल मिडियासम्म पुग्ने बाटो दिएको छ । यो कुर्सीमा कसले राज गर्छ भन्ने कुरा त अझै पनि अज्ञात नै छ । तर सुरुवातकर्ताहरुका लागि अबको नेतृत्व पक्कै पनि क्लबहाउसले गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३