close

१०० वाट फास्ट चार्जर भएको साओमीको नयाँ ल्यापटप

टेकपाना टेकपाना

चैत १८, २०७७ २२:१९

१०० वाट फास्ट चार्जर भएको साओमीको नयाँ ल्यापटप

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले मि नोटबुक प्रो १५ र मि नोटबुक प्रो १४ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले ११ औं पुस्ताको इन्टेल टिगर लेक सीपीयू र एनभिदिया जिफोर्स ग्राफिक्स सहितका यी दुई ल्यापटप घरेलु बजार चीनमा सार्वजनिक गरेको हो ।

यी दुई ल्यापटपको विशेष भिन्नता डिस्प्ले नै हो । मि नोटबुक प्रो १५ मा ओएलईडी डिस्प्ले दिइएको छ भने मि नोटबुक प्रो १४ मा हाई रिफ्रेश रेट एलसीडी डिस्प्ले राखिएको छ । यी दुवै कयौं कन्फिग्रेसनका साथ बजारमा ल्याइएको छ ।

कति छ मूल्य ?

मि नोटबुक प्रो १५ को मल्य ६४९९ चिनियाँ युआन (करिब १ लाख १६ हजार रुपैयाँ) बाट सुरु हुन्छ । जसमा कोर आई ५ सीपीयू, १६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज र इन्टेल आइरिस एक्स ई ग्राफिक्स राखिएको छ ।

साथै यही कन्फिग्रेसनयुक्त एनभिदिया जिफोर्स एमएक्स ४५० जीपीयूका साथ यो ल्यापटपका लागि ६९९९ युआन (करिब एक लाख २५ हजार रुपैयाँ) पर्न जान्छ । सँगसँगै कोर आई सेभेन भेरियन्टको मूल्य ७९९९ युआन (करिब एक लाख ४३ हजार रुपैयाँ) राखिएको छ ।

त्यसैगरी मि नोटबुक प्रो १४ को मूल्यको कुरा गर्ने हो भने यसको बेस भेरियन्टको मूल्य ५२९९ युआन (करिब ९४ हजार ५०० रुपैयाँ) रहेको छ । त्यस्तै यसको दोस्रो भेरियन्टको मूल्य ५९९९ युआन (करिब एक लाख ७ हजार रुपैयाँ) छ ।

यसको टप इन्ड भेरियन्टको मूल्य भने ६९९९ युआन (करिब एक लाख २५ हजार रुपैयाँ) छ । सिल्भर कलरमा उपलब्ध यी दुवै ल्यापटपको प्रि बुकिङ चिनियाँ बजारमा सुरु भइसकेको छ ।

तर नेपाली बजारमा यी ल्यापटप कहिले आउँछन् भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।

ल्यापटपका अन्य फिचर

मि नोटबुक प्रो १५ मा १५.६ इन्चको ओएलईडी डिस्प्ले दिइएको छ । यसको आस्पेक्ट रेसियो १६ः१० रहेको छ भने पिक्सेल रेजोलुसन ३४५६x२१६० छ ।

यसमा २६१ पीपीआई पिक्सेल डेन्सिटी, ४०० निट्स ब्राइटनेस र ९३ प्रतिशत स्क्रिन टु बडी रेशियो दिइएको छ । यसको रिफ्रेश रेट ६० हर्ज रहेको छ ।

१०० प्रतिशत डीसीआई-पी थ्री ग्यामुट फिचर दिइएको यो ल्यापटप टीयूभी रेइनल्याण्ड सर्टिफाइड हो । त्यस्तै मि नोटबुक प्रो १४ मा १४ इन्चको टुके (2K) डिस्प्ले दिइएको छ । जसको पिक्सेल रेजोलुसन २५६०x१६०० रहेको छ ।

१२० हर्ज रिफ्रेश रेट रहेको यो ल्यापटपको स्क्रिन टु बडी रेसियो ८८ प्रतिशत छ भने आस्पेक्ट रेसियो १६ः१० छ । एसआरजीबी १०० प्रतिशत कलर ग्यामुट रहेको यो ल्यापटप पनि रेइन्ल्याण्ड ब्लू सर्टिफाइड हो ।

दुवै ल्यापटपमा इन्टेलको ११ जेन कोर आई सेभेन-११३७० एच सीपीयू दिइएको छ । साथै एनभिदिया जिफोर्स एमएक्स ४५० जीपीयू रहेका यी ल्यापटपमा १६ जीबी डीडीआर ४ र्‍याम राखिएको छ ।

लक स्पिड ३२०० मेगाहर्ज रहेका यी ल्यापटपमा ५१२ जीबी पीसीआई ई एसएसडी स्टोरेज दिइएको छ । कनेक्टिभिटीको कुरा गर्ने हो भने यी ल्यापटपमा वाईफाई सिक्स, ब्लुटुथ भी ५.१, दुई वटा यूएसबी टाइप सी पोर्ट, ४ वटा थन्डरबोल्ट पोर्ट र ३.५ एमएम हेडफोन ज्याक जस्ता फिचर रहेका छन् ।

यस बाहेक ल्यापटपमा दुई वटा दुई वाटका स्पिकर र डीटीएस अडियो प्रोसेसिङ उपलब्ध छ । ल्यापटपको ब्याट्रीको कुरा गर्ने हो भने मि नोटबुक प्रो १५ मा ६६ डब्लूएचआर ब्याट्री राखिएको छ । जुन फास्ट चार्जिङ सपोर्टसहित आउँदछ ।

यसलाई केवल ३५ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ । त्यसैगरी मि नोटबुक प्रो १४ मा ५६ एचआर ब्याट्री दिइएको छ । जुन ५० प्रतिशत चार्ज हुन केवल ३७ मिनेट लाग्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३