close

एसुसका दुई नयाँ रग गेमिङ ल्यापटप नेपाली बजारमा

टेकपाना टेकपाना

चैत १९, २०७७ १४:४१

एसुसका दुई नयाँ रग गेमिङ ल्यापटप नेपाली बजारमा

काठमाडौं । एसुसले आफ्ना दुई नयाँ रग गेमिङ ल्यापटप नेपाली बजारमा सार्वजनिक गरेको छ । एसुसले रग जेफाइरस डुओ १५ एसई (जीएक्स ५५१ क्यू एस) र रग स्ट्रिक्स स्कार १५ (जी५३३क्यू एस) सार्वजनिक गरेको हो ।

सुपर पर्फमेन्स र प्रिमियम लुक्ससहित बजारमा आएका यी दुवै एसुसका शक्तिशाली गेमिङ ल्यापटप हुन् । 

रग जेफाइरस डुओ १५ एसई

रग जेफाइरस डुओ १५ एसई (ROG Zephyrus Duo 15 SE) ल्यापटपको कुरा गर्दा यस ल्यापटपमा एएमडी RyzenTM 9 5900HX प्रोसेसर 3.3 GHz सीपीयू छ । यसमा १५.६ इन्चको फोर के यूएचडी डिस्प्ले छ । जसमा ३८४० गुणा २१६० पिक्सलको रेजुलेसन डिस्प्ले छ ।

यसकाे डिस्प्ले एस्पेक्ट रेसियो १६:९ रहेको छ । १२० हर्जको रिफ्रेस रेट रहेको यस ल्यापटपमा १४ इन्चको फोर के टच स्क्रिनप्याड प्लस रहेको छ ।

रग जेफाइरस डुओ १५ एसई भएको नविन किसिमको रग स्क्रिन प्याड प्लसका कारण गेमरहरुले अन स्क्रिन गेमिङ र भिन्दै काम एकसाथ गर्न सेकेण्डरी स्क्रिनको सुविधा पाउन सक्छन् ।

गेमरहरुले गेम खेलिरहँदा पनि स्क्रिन प्याड प्लस सेकेण्डरी प्यानल प्रयोग गरेर वेब ब्राउज, ईमेल पढ्न तथा च्याट म्यासेज गर्न पढ्न सक्छन् ।

यसमा ब्युल्ट इन टु वे एआई नोइज क्यासिलेसन फिचर पनि छ जसले ल्यापटपबाट सम्पर्क गर्दा आवाज स्पष्ट बनाइदिन्छ । यसमा भएको डल्बी एटमोसले अडियोलाई स्पष्ट र क्रिस्प बनाएको छ । 

यो ल्यापटप अहिले नेपाली बजारमा चार लाख ९४ हजार ४४४ रुपैयाँमा खरिद गर्न सकिन्छ ।

रग स्ट्रिक्स स्कार १५

रग स्ट्रिक्स स्कार १५ (ROG Strix Scar 15) पनि अर्को बलियो गेमिङ ल्यापटप हो । जसमा जी फोर्स आरटीएक्स ३०८० ग्राफिक्स छ । यसमा एएमडी रीजेन नाइन ५९०० एचएक्स मोबाइल प्रोसेसर सीपीयू छ ।

यसमा ३२ जीबीसम्मको डुअल च्यानल डीडीआर-३२ मेगाहर्ज मेमोरी छ ।  यसमा नयाँ फ्यान तथा लिक्विड मेटल कुलिङ फिचर पनि छ ।

यसमा १५.६ इन्चको डब्लुक्युएचडी डिस्प्ले छ, जसमा २५६० गुणा १४४० इन्च रेजुलेसनको डिस्प्ले छ । यसको एसपेक्ट रेसियो १६:९ छ भने १६५ हर्जको रिफ्रेस रेट छ ।

हाल यो ल्यापटप नेपाली बजारमा चार लाख ११ हजार १११ रुपैयाँमा उपलब्ध छ ।

Model NameStarting Price(NPR)Availability
ROG Zephyrus Duo 15 SE (GX551QS)Rs.4,94,444/-From April 1st 2021 – at all leading computer stores, and nagmani.com.np
ROG Strix Scar 15 (G533QS)Rs.4,11,111/-From April 1st 2021 – at all leading computer stores, and nagmani.com.np

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३