close

एक वर्षका लागि अब क्यूआर कोडसहितको ड्राइभिङ लाइसेन्स

टेकपाना टेकपाना

चैत १९, २०७७ १६:१०

एक वर्षका लागि अब क्यूआर कोडसहितको ड्राइभिङ लाइसेन्स

काठमाडौं । सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका चालकका लागि सरकारले छुट्टै लाइसेन्स जारी गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले सुरूकाे एक वर्ष अवधिका लागि छुट्टै कार्ड जारी गर्न लागेको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले टेकपानासँगको कुराकानीमा चाँडै नै क्यूआर कोडसहितको छुट्टै कार्ड ल्याउन लागेको जानकारी दिए । ‘एक वर्षको परीक्षण अवधिका लागि अब छुट्टै लाइसेन्स जारी गर्ने तयारी गरेका छौं । हामीले छिट्टै आधिकारिक रुपमा यसबारे जानकारी उपलब्ध गराउँछौं,’ उनले भने ।

उनका अनुसार आउँदो जेठ महिनापछि ट्रायल पास गरेका चालकलाई एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स प्रदान गरिने र त्यस अवधिका लागि क्यूआर कोडसहितको लाइसेन्स प्रदान गरिनेछ ।

यस्तो कार्डले ट्राफिक उल्लघंन घट्ने विश्वास विभागको छ । ट्राफिकले कार्डमा ५ वटाभन्दा बढी प्वाल पारे एक वर्षपछि स्मार्ट ड्राइभिङ नदिने र पुनः लाइसेन्सको परीक्षा दिनुपर्ने व्यवस्था ल्याउन लागिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३