close

डकुमेन्ट स्क्यान र व्यवस्थापन गर्न सजिलो बनाउने गुगलको एप

टेकपाना टेकपाना

चैत १९, २०७७ १६:५५

डकुमेन्ट स्क्यान र व्यवस्थापन गर्न सजिलो बनाउने गुगलको एप

काठमाडौं । डकुमेन्टहरुलाई स्क्यान गर्न हामीकहाँ प्रशस्तै एपहरु छन् । गुगल लेन्स, माइक्रोसफ्ट लेन्स र राम्रा असल क्यामेराहरुबाट डकुमेन्ट स्क्यान गर्न सकिन्छ ।

गुगलको एरिया १२० टिमले ल्याएको एन्ड्रोइड एप स्ट्याकले तपाईंको स्क्यान गरिएका डकुमेन्टहरुलाई व्यवस्थापन गरिदिने काम गर्दछ ।

यस एपले तपाईंको डकुमेन्ट स्क्यान गर्नुका साथै आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग गरी ती डकुमेन्टहरुलाई बिल, आईडी जस्ता विभिन्न नाममा वर्गीकरण गरेर फाइललाई स्वतः नाम राखिदिन्छ । यसले गर्दा फाइलहरुको राम्रो व्यवस्थापन पनि हुन्छ ।

एरिया १२० टिमले गुगल क्लाउडको डक एआई टिमसँगको सहकार्यमा मसिन लर्निङ एल्गोरिदम विकास गरेको हो जसले डक्युमेन्टको महत्वपूर्ण भागलाई पहिचान गर्दछ । जस्तै ड्यु डेट, टोटल अमाउन्ट ड्यु आदी ।

यसलाई अझ सजिलो बनाउन तपाईंले पूर्ण टेक्स्ट डकुमेन्ट लेखेर पनि सर्च गर्न सक्नुहुन्छ ।

यसबाहेक तपाईंले ती सबै डकुमेन्टलाई क्लाउडमा सेभ गर्न गुगल ड्राइभ इन्टिग्रेसनलाई समेत इनेबल गर्न सक्नुहुन्छ । यसो गर्दा एप बन्द भएको अवस्थामा पनि तपाईंका ती सम्पूर्ण डकुमेन्टहरु सुरक्षित रहने छन् । 

यो एप हाल संयुक्त राज्य अमेरिकामा उपलब्ध छ र चाँडै नै अन्य देशका प्रयोगकर्ताले पनि चलाउने पाउने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३