close

एन्ड्रोइड र आईओएसमा आजदेखि माइक्रोसफ्टकाे कोर्टना एप बन्द

टेकपाना टेकपाना

चैत १९, २०७७ १८:१७

एन्ड्रोइड र आईओएसमा आजदेखि माइक्रोसफ्टकाे कोर्टना एप बन्द

काठमाडौं । माइक्रोसफ्टले आईओएस र एन्ड्रोइड एपका लागि कोर्टना एप बन्द गरेकाे छ । कम्पनीले हाल विभिन्न प्लेटफर्महरुमा कोर्टनाको सेवा बन्द गर्दै आइरहेको छ । उसले आफ्नै सर्फेस हेडफोनमा पनि यो सेवा बन्द गरिसकेको छ ।

अब एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा कोर्टना एपले सपोर्ट गर्नसक्ने छैन । कोर्टना एप प्रोडक्टिभी असिस्टेन्टको रुपमा विकास भइरहेको अवस्थामा गत वर्षको जुलाईमा नै कम्पनीले एपलाई एन्ड्रोइड र आईओएस दुवैमा बन्द गर्ने घोषणा गरेको थियो ।

आजदेखि कोर्टना मोबाइल एपमा तपाईंले बनाउनुभएको रिमाइण्डर र सूचीहरुले सपोर्ट गर्ने छैनन् । तर कोर्टनालाई विण्डोजमा भने कम्पनीले निरन्तरता दिने छ । यसको सट्टा कोर्टनाको रिमाइण्डर, लिस्ट तथा विभिन्न टास्कहरु अब माइक्रोसफ्ट टु डु एपमा उपलब्ध हुनेछन् ।

माइक्रोसफ्टले पहिलोपटक २०१५ डिसेम्बरमा कोर्टनालाई आईओएस र एन्ड्रोइडमा सार्वजनिक गरेको थियो ।

उक्त एपलाई प्रारम्भमा त विण्डोज टेन पीसी र मोबाइल फोनलाई कनेक्ट गर्न डिजाइन गरिएको थियो । तर त्यत्ति राम्रो डिजाइनको बावजुद पनि याे एपले ध्यान बटुल्न सकेन ।

माइक्रोसफ्टका सीईओ सत्य नाडेलाले अन्य डिजिटल असिस्टेन्टहरुसँग प्रतिस्पर्धा गर्न चाह्रो भएको कुरा केही वर्षअघि नै गरेका थिए । त्यतिबेला उनले कोर्टनाले अब प्रतिस्पर्धी एलेक्जा र गुगल असिस्टेन्टसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३