close

गुगल र एप्पलमा हरेक ४ मिनेटमा पुग्छ प्रयोगकर्ताको जानकारी

टेकपाना टेकपाना

चैत १९, २०७७ २१:२

गुगल र एप्पलमा हरेक ४ मिनेटमा पुग्छ प्रयोगकर्ताको जानकारी

काठमाडौं । सामाजिक सञ्जाल कम्पनीले प्रयोगकर्ताको डेटा संकलन गरेको विषय प्राय विवादित हुने गरेको छ । तर विश्वमा सबैभन्दा धेरै डेटा संकलन गर्ने मामिलामा सर्च इन्जिन कम्पनी गुगल सबैभन्दा अगाडि छ ।

एक अनुसन्धान प्रतिवेदनले दाबी गरेको छ कि एप्पलको आईओएसको तुलनामा गुगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताबाट २० गुणा बढी डेटा संकलन गर्दै आएको छ । ट्रिनिटी कलेज डब्लिनको एक शोध प्रतिवेदनमा आईफोन तथा गुगल पिक्सेल फोनको डेटा तुलना गरिएको छ ।

त्यसपछि आएको परिणाममा गुगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताबाट आईफोनको तुलनामा २० गुणा बढी डेटा संकलन गर्नेगरेको पाइएको हो । अनुसन्धानको क्रममा पिक्सेल फोन र आईफोनको सेटिङलाई न्युनतम डेटा संकलन हुने गरी मिलाइएको थियो ।

त्यसपछि पनि गुगलले एप्पलको तुलनामा धेरै डेटा संकलन गरिरहेको थियो । यद्यपी गुगलले यो रिपोर्टप्रति असन्तुष्टि व्यक्त गरेको छ । यो अनुसन्धान मोबाइल ह्याण्डसेटको प्राइभेसीमाथि गरिएको थियो ।

रिपोर्टमा पिक्सेल फोन र आईफोन दुवैले औषत प्रत्येक ४ मिनेटमा आफ्नो कम्पनी (गुगल र एप्पल) लाई प्रयोगकर्ताको डेटा पठाइरहेको पाइएको थियो । जसमा आईएमईआई, हार्डवेयर सिरियल नम्बर, सिम कार्ड सिरियल नम्बर, फोन नम्बर जस्ता कयौं जानकारी समावेश छन् ।

उदाहरणको लागि जब तपाईं गुगल वा एप्पलको फोनमा कुनै सिमकार्ड राख्नुहुन्छ भने तुरुन्त त्यसको जानकारी सम्बन्धित कम्पनीमा पुग्छ । आईफोनले म्याक एड्रेस र जीपीएस लोकेसनलाई आफ्नो कम्पनीमा पठाउने गर्दछ ।

अर्को चिन्ताको विषय के छ भने प्रयोगकर्ता कुनै पनि किसिमले यस्तो डेटा लिने कुरालाई रोक्न सक्दैनन् । डिभाइसमा लगईन नगर्दा समेत एप्पलले लोकल आईपी एड्रेस र लोकेसनको जानकारी राख्ने गर्दछ । जब कि गुगलले भने लोकल आईपी एड्रेस संकलन गर्दैन ।

गुगलले वाईफाईको म्याक एड्रेस लिन्छ । तर एप्पलले उक्त जानकारी संकलन गर्दैन । फोन अन भएको १० मिनेटभित्र गुगलले प्रयोगकर्ताबाट करिब एक एमबी डेटा संकलन गर्दछ भने एप्पल केवल ४२ केबी डेटा लिने गर्दछ । त्यस्तै फोन अन राखेको अवस्थामा प्रत्येक एक घण्टामा गुगल गुगल एक एमबी डेटा लिन्छ भने एप्पल ५२ केबी मात्र संकलन गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३