close

‘टेलिफोन र इन्टरनेट सेवासम्बन्धी गुनासो तत्काल सम्बोधन गर्छौं’

टेकपाना टेकपाना

चैत २०, २०७७ ७:३९

‘टेलिफोन र इन्टरनेट सेवासम्बन्धी गुनासो तत्काल सम्बोधन गर्छौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवासम्बन्धी सबै गुनासोहरु तत्काल सम्बोधन गरिने बताएका छन् । मन्त्रालयले बिहीबारबाट काठमाडौंमा सुरु गरेको ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तरसम्बन्धी अन्तर्क्रिया’ कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री गुरुङले दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै सेवालाई गुुणस्तरीय र सर्वसुुलभ बनाउन सुुझाव दिन संघीय संसदका सांसदहरुदेखि स्थानीय तहका जनप्रतिनिधिहरु तथा विज्ञहरुलाई आग्रह गरे । टेलिफोन, इन्टरनेट लगायतका दूरसञ्चार सेवामा देखिएका समस्याबारे जानकारी लिने र ती समस्या समाधानमा लागिपर्ने उनले बताए ।

‘इन्टरनेट, टेलिफोन लगायतका सेवामा सबैको पहुँच पुुर्‍याउन तथा गुणस्तरीय सेवा प्रवाहका लागि सरकार प्रतिवद्ध भएर लागिपरेको उनले बताए । मन्त्री गुरुङले भने, “स्मार्ट नेपाल बनाउने सरकारको यो अभियानमा सबैलाई साथ दिन म आह्वान गर्दछु ।”

मन्त्री गुरुङले सबै स्थानीय तहको शिक्षा, स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सेवा पुुर्‍याउने कामलाई सरकारले तीव्रता दिएको जानकारी पनि दिए । कार्यक्रममा प्रदेश १ का संघीय संसदका सांसदहरु र यस क्षेत्रका विज्ञहरुको उपस्थिति थियो । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३