close

‘टेलिकमका कर्मचारीले जानी जानी गुणस्तर कमजोर बनाए’

टेकपाना टेकपाना

चैत २०, २०७७ १०:१८

‘टेलिकमका कर्मचारीले जानी जानी गुणस्तर कमजोर बनाए’

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलभन्दा टेलिकमको नेटवर्क कमजोर किन भएको भन्दै प्रश्न उठाएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार राजधानीमा सांसदहरूसँग गरेको छलफल कार्यक्रममा सांसद सिंहले यस्तो प्रश्न उठाएका हुन् ।

उनले ग्रामीण क्षेत्रमा मात्रै नभएर काठमाडौंमा समेत टेलिकमको गुणस्तर प्रभावकारी नभएको बताए । ‘टावरको संख्या तथ्यांकमा देखाएर मात्रै हुँदैन,’ उनले भने ।

टेलिकमका कर्मचारीले निजी कम्पनीबाट पैसा खाएर जानी जानी गुणस्तर कमजोर बनाएको आरोप समेत सांसद सिंहले लगाए । कार्यक्रममा अर्का सांसद खेमप्रसाद लोहनीले निजीभन्दा सरकारी कम्पनीको सेवा प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३