close

मोबाइल व्यवसाय बन्द गर्दै एलजी

टेकपाना टेकपाना

चैत २०, २०७७ १६:१४

मोबाइल व्यवसाय बन्द गर्दै एलजी

काठमाडौं । मोबाइलको प्रतिस्पर्धी बजारमा एलजीको मोबाइलले खासै स्थान पाउन सकेको छैन । जसको प्रतिफल अब कम्पनीले आफ्नो मोबाइल व्यवसाय नै बन्द गर्ने तयारी गरेको छ ।

कोरियन टाइम्सका अनुसार विगत पाँच वर्षमा कम्पनीले मोबाइल व्यवसायबाट खासै आम्दानी गर्न नसकेपछि बन्द गर्ने तयारी गरेको हो । हालसम्म प्राप्त जानकारीअनुसार कम्पनीले आउँदो सोमबार अर्थात अप्रिल ५ गतेदेखि मोबाइल व्यवसायलाई बन्द गर्नेछ ।

एलजी अहिले आफ्नो पैसा गुमाउन व्यवसायको संक्रमणकालीन अवस्थामा रहेको छ । जसमा कम्पनीले मोबाइल सेग्मेन्टमा काम गर्ने कर्मचारीलाई अन्य क्षेत्रमा रुपान्तरण गर्ने काम गरिरहेको कोरियन टाइम्सले उल्लेख गरेकाे छ ।

कम्पनीले सन् २०१५ देखि स्मार्टफोन सेग्मेन्टमा सञ्चालन खर्चसमेत उठाउन सकिरहेको छैन । स्मार्टफोनमा केही उत्पादन उत्कृष्ट हुँदा पनि कम्पनीले सफलता हात पार्न नसकेसँगै अन्य कम्पनीलाई मोबाइल सेग्मेन्ट बिक्री गर्ने तयारी गरेको थियो ।

यसका लागि कम्पनीले भोल्कस्वागन, भियतनामको भाइनग्रुप जेएससीजस्ता कम्पनीसँग कुरा चलाएको पनि हो । तर, उक्त योजनाले काम नगर्दा हाल आएर कम्पनीले मोबाइल सेग्मेन्ट बन्दै गर्ने तयारी गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३